Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

जनकपुरमा चल्दै प्रदेश स्तरीय सुरक्षा गोष्ठी, शुक्रवार के के भयो ?

टुडे खोज लेखक टुडे खोज
अशोज १०, २०७६, ४:५५ PM
0
जनकपुरमा चल्दै प्रदेश स्तरीय सुरक्षा गोष्ठी, शुक्रवार के के भयो ?

जनकपुरधाम, १० असोज । नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित २ नम्बर प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सुरु भएको छ । धनुषाको जनकपुरधाममा शुक्रबारदेखि गोष्ठी सुरु भएको हो ।

२ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको अध्यक्षतामा शुरू भएको उक्त गोष्ठीको आजको सत्र सम्पन्न भएको छ । उक्त अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मूलभूत लक्ष्य प्राप्ति र विद्यमान समस्या समाधानका लागि सुरक्षा निकायबीच साझा अवधारणा विकास गर्ने उद्धेश्यकासाथ गोष्ठी संचालन गरिएको बताए । सबै सुरक्षा निकायका अधिकारीहरुले आपसमा समस्या र राष्ट्रिय संकल्पलाई बुझेर अगाडि बढ्न गोष्ठी सफल हुने विश्वास उनले व्यक्त गरे ।

हरेक दृष्टिकोणले जनकपुरधाम महत्वपूर्ण रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले केही व्यवहारिक कुराहरुलाई महत्व दिई कार्य गर्दा लाभदायी हुने बताए । जनकपुरमा विगतमा भएका सुरक्षा सम्बन्धी कार्यको चर्चा गर्दै उनले विगतका कुरालाई हृदयङ्गम गरी अगाडि बढेमा समस्या समाधान गर्न सहज हुने विचार व्यक्त गरे ।

समुदायप्रहरी साझेदारी कार्यक्रम विशेष अभियानको रुपमा आएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले कार्यक्रमलाई अझै उत्साहजनक रुपमा लैजाँदै सफल बनाउन सबै सरोकारवाला निकायहरू तीव्र सक्रियताका साथ अगाडि बढ्नुपर्ने बताए ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रदेश सचिव कृष्णहरि पुष्करले स्वागत मन्तव्य व्यक्त गरेका उक्त गोष्ठीको आजको सत्रमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार सुरक्षाविद् प्रा।डा। ईन्द्रजित राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले प्रस्तुतीकरण गरेका थिए ।

साथै गृह मन्त्रालय सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सहसचिव एवम् प्रवक्ता रामकृष्ण सुवेदी, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव ईन्दु घिमिरे, आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव रामप्रसाद आचार्य, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक दिपक काफ्लेले शान्ति सुरक्षा, विपद व्यवस्थापन र राष्ट्रिय परिचयपत्र कार्यक्रम सम्बन्धी आआफ्नो प्रस्तुतीकरण गरेका थिए ।

गोष्ठीमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय, विपद तथा द्वन्द्व व्यवस्थापन एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल र अन्तरक्रिया समेत भएको थियो ।

शनिबार सम्पन्न हुने उक्त गोष्ठीको आजको सत्रमा २ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजकुमार सिंह, प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रमुख सचिव दिपक सुवेदी, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रधुम्न कुमार कार्की, नेपाली सेना मध्यपूर्वी पृतना हेडक्वार्टर धारपानीका पृतनापति नरेश भट्ट, २ नम्बर प्रदेश अन्तर्गत ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु लगायत सो प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

उक्त गोष्ठीको आजको सत्र समापन पश्चात् प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संघीय प्रहरी ईकाई कार्यालय, संघीय प्रहरी ईकाई गण, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख लगायत २ नम्बर प्रदेश अन्तर्गत ८ जिल्लाका प्रहरी प्रमुखहरुलाई शान्ति सुरक्षा तथा समसामयिक विषयमा निर्देशन समेत दिएका थिए ।

सम्बन्धित समाचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

धनुषा : चोरी गर्दागर्दै एक जना पक्राउ, दुई चोर फरार

सप्तरीमा विद्युत् चुहावट गर्ने सात जना पक्राउ

महोत्तरी : दाइजो आरोपमा नेहा चौधरीका ससुरा पनि पक्राउ

महोत्तरी : दाइजो आरोपमा नेहा चौधरीका ससुरा पनि पक्राउ

छुवाछुत गर्ने भगवानपुर गाउँपालिका अध्यक्षलाई निलम्बन गरी कारबाही गर्न सरकारसमक्ष माग

छुवाछुत गर्ने भगवानपुर गाउँपालिका अध्यक्षलाई निलम्बन गरी कारबाही गर्न सरकारसमक्ष माग

ताजा समाचार

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

Ghode Jatra being celebrated

Ghode Jatra being celebrated

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध