मुकेश यादव
लहान, ९ असोज। प्रदेश नम्बर २ सिरहामा चाडपर्वको वेला सुरक्ष कडा गरेको छ । विगत वर्षझै यस वर्ष पनि दसैं, तिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय सिरहाले सुरक्षाको विशेष कार्ययोजना लागु गरेको छ । दशैंदेखि छठ पर्वलाई लक्षित गरि सीमादेखि गाउँ,टोल तथा सहरी क्षेत्रसम्म सुरक्षा योजना लागु भएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहामा आयोजित पत्रकार भेटमा सिरहा प्रहरी प्रमुख ९एसपी० उमाप्रसाद चतुर्वेदीले चाडपर्व अवधिभर लुटपाट, चोरी, तस्करी, सवारी दुर्घटना, पटका तस्करी, कालोबजारी, झै–झगडा तथा हिंसात्मक घटनाहरु हुन नदिन व्यापक रुपमा प्रहरी परिचालन गर्ने योजना उनले बताए।
वर्दीधारी र सात्ता पोशाकमा गरी ५ सय १० जना प्रहरी समाजमा शान्ति अमनचयन कायम गरी सुरक्षाको प्रत्याभूति दिलाउन विशेष सुरक्षा योजना लागु गरेको उनले बताए।