Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

दशैँ लक्षित खसीबोका बजार शुरु

टुडे खोज लेखक टुडे खोज
अशोज ११, २०७६, १:५३ PM
0
दशैँ लक्षित खसीबोका बजार शुरु

रौतहट, ११ असोज । ठाडो मूल्यमा ‘बिचौलिया’ हरूलाई खसीबोका बिक्री गर्दै आएका यहाँका किसान अब जोखेर मात्रै बिक्री गर्न थालेका छन् ।

गत वर्षसम्म मुखैका भरमा मोलमोलाई हुन्थ्यो । अहिले जोखेर नै बिक्री गर्न थालेको चन्द्रपुर नगरपालिका–२ रैयाटोलका किसानहरु बताउँछन् । पारिश्रमिक सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेडले अहिले टोलकै संकलन केन्द्रमा जोख्ने उपकरण जडान गरिदिएपछि उनीहरुले पालेका खसीबोका जोखेर बिक्री गर्न थालेका हुन् । सहकारी संस्था लिमिटेडमा आबद्ध २६८ जना महिला शेयर सदस्यहरूले पालेका खसीबोका हरेक मङ्गलबार लाग्ने रैयाटोल खसी बजारमा खसीबोका जोखेर नै बिक्री वितरण गर्दै आएका छन् ।

ठाडो मूल्यमा ‘बिचौलिया’ हरुलाई खसीबोका बिक्री गर्दा किसानहरु मारमा पर्ने गरेको कारण अब किसानहरुले जोखेर बिक्री गर्न लागेको सो संस्थाकी सचिव रिता थापाले जानकारी दिनुभयो । यसैबीच सो संस्थाले नजिँकदै गरेको बडादशैँलाई लक्षित गरी खसीबोका बजार लगाएको छ । संस्थामा आबद्ध महिला सदस्यहरुले पालेको खसीबोका त्यही बजारमा बिक्रीका लागि ल्याउने गरेका छन् ।

महिलाहरुको जीविकोपार्जन र आर्थिक सशक्तीकरणमा सहयोग पु¥याउने उद्देश्यले यहाँका महिलाहरु अहिले खसीबोका पालन व्यवसायमा जोड दिएका छन् । महिला सदस्यहरुले पालन गरेको खसीबोका बिक्रीका लागि लक्षित गरेर लगाइएको बजारमा व्यापारीहरु खरीद गर्न आउने गरेका छन् । तीस किलोग्रामभन्दा कमको खसीबोकाको जीउँदो प्रतिकेजी रु ५०० र ३० केजीभन्दा माथिको खसीबोकाको जीउँदो प्रतिकेजी रु ५५० बिक्री मूल्य तोकिएको सचिव थापाले बताउनुभयो ।

दशैँ लक्षित लगाइएको बजारमा मङ्गलबार मात्र १६३ वटा बोकाको तीन हजार २५२ किलो,४९ वटा खसीको एक हजार ४२८ किलो, दुई वटा माउ बाख्रा र सात वटा पाठीको १०३ किलो बिक्री भएको स्थानीय पशु प्राविधिक राजन थापाले जानकारी दिनुभयो ।

खसीबोका पाल्न थालेपछि यहाँका महिलाहरूको आयआर्जनमा समेत वृद्धि भएको छ । प्रत्येक महिला सदस्यले कम्तिमा दुई देखि पाँच वटासम्म खसीबोका र पाठी बेच्ने गरेका छन् । खसीबोकाको मुख्य बजार गौर, चपुर, वीरगञ्ज, जनकपुर, नारायणगढ र काठमाडौं हो । स्थानीय खसीको माग बढेकाले उनीहरुलाई बिक्री नहुने चिन्ता पनि छैन ।

भन्सार विभागको तथ्यांकअनुसार २०७५ साउनमा दसैंलाई लक्षित गरी ३७ करोड २१ हजार रुपैयाँका ४५ हजार ७ सय ९८ खसीबोका आयात भएको थियो । काठमाडौं उपत्यकामा मात्र वार्षिक ६ लाख र मुलुकभर १ करोड १८ लाख खसीबोका आवश्यक पर्ने तथ्यांक छ ।

सम्बन्धित समाचार

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय निर्माण

विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय निर्माण

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

बारा र पर्साका सबै पेट्रोल पम्प बन्द गर्ने बिक्रेताको चेतावनी

पेट्रोलियम पदार्थको भाउ घट्यो !

युएईबाट युरिया मल भित्रन शुरु, एक हप्ताभित्र वितरण सहज हुने !

सरकारले बढायो रासायनिक मलको मूल्य

ताजा समाचार

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सांसद पद खारेज

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध