काठमाडौं, १२ असोज । सुनको मूल्य आइतबार पनि केहि घटेको छ ।छापावाल सुन प्रतितोला ६०० रुपैयाँ घटेर ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ६९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेकाले नेपाली बजारमा पनि केही कम भएको हो ।
यस्तै चाँदी पनि तोलामा १५ रुपैयाँ घटेर ८४५ रुपैयाँमा करोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ७० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य प्रतितोला सुन ७० हजार ५०० रुपैयाँ रहेको थियो । चाँदी भने ८६० रुपैयाँमा कारोबार भएको थियो ।