जनकपुरमा सस्तो बजार खुल्यो, मुख्यमन्त्रीले गरे समुद्घाटन


जनकपुरधाम, १३ असोज । जनकपुरको गोपाल धर्मशालामा दशैं, दिपावली र छठ पर्वलाई लक्षित गरेर सस्तो बजार संचालनमा ल्याएको छ । उधोग बाणिज्य संघ जनकपुरको आयोजनामा आजबाट सस्तो बजार लागेको हो ।

आईतवार एक समारोहबीच सस्तो बजारको समुद्घाटन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गरे । उनले चाड पर्वलाई लक्षित गरेर अहिले संचालन गरिएको सस्तो बजार वर्षदिन नै संचालन हुनुपर्ने धारणा राखे । उनले हरेक उपभोक्ताले सबै समान एकै ठाउँमा खरिद गर्ने चाहना राख्ने गरेको र यहाँ सबै समान एकै ठाउँमा सस्तो तथा गुणस्तर पाउने भएकाले यस्तो बजार सधैंका लागि हुनुपर्ने बताए ।

मुख्यमन्त्री राउतले प्रदेशमा लगानी भित्र्याएर उधोग स्थापना गर्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘लगानी भित्र्याउन हरेक खालको सुविधा दिने निर्णय गरेका छौं । तरपनि यहाँ उधोग खोल्ने वातावरण बनेका छैन । कमचोरी भएको ठाउँलाई सुधार्न आवश्यक छ ।’ संघीय सरकारले पनि लगानी भित्र्याउन सहयोगात्मक भुमिका खेल्नुपर्ने उनको भनाई छ ।

सस्तो बजार समुद्घाटन समारोहमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल, प्रहरी प्रमुख शेखर खनाल, प्रदेश साँसद प्रमेश्वर साहल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उधोग बाणिज्य संघका अध्यक्ष ललित साहले शुभकामना मन्तव्य राख्दै वर्षाका कारण बजार बजार प्रभावित बनेको बताएका थिए ।

प्रकाशित : २०७६ आश्विन १३, सोमबार ०१:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ