Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

लहान कृषि बैंक ह्याक प्रकरण : २ करोड विदेश पुगेको खुलासा, मुख्य नेपाली एजेन्ट अझै फरार

सुरेन्द्र सिंह लेखक सुरेन्द्र सिंह
अशोज १३, २०७६, ९:१५ AM
0
लहान कृषि बैंक ह्याक प्रकरण : २ करोड विदेश पुगेको खुलासा, मुख्य नेपाली एजेन्ट अझै फरार

काठमाडौं, १३ असोज । गत मंगलबार कृषि विकास बैंकको सिस्टम ह्याक गरेर ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ व्यक्तिको खातामा ट्रान्सफर भएको थियो । जसमध्ये करिब २ करोड रुपैयाँ ह्याकरले बाहिर लगिसकेको खुलासा भएको छ ।

बैंकको सिस्टम नै ह्याक गरेर पैसा निकाल्न संलग्न भएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले गत मंगलबार नै १२ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । उनीहरूका साथबाट प्रहरीले ६० लाख रुपैयाँ नगदसमेत बरामद गरेको थियो । जसमध्ये ४० लाख ५० हजार रुपैयाँ सार्वजनिक गरेको थियो भने बाँकी रकम कैलालीमा बरामद भएको जनाएको थियो ।

सिस्टम नै ह्याक गरेर व्यक्तिको खातामा जम्मा भएको मध्ये थोरै रकम मात्रै प्रहरीले त्यसबेला बरामद गरेको थियो । बाँकी रकम भने व्यक्तिको खातामा रहेको र उक्त रकम निकाल्न नमिल्ने बनाएको जनाएको थियो । तर प्रहरी अनुसन्धानका क्रममा अहिलेसम्म करिब २ करोड रुपैयाँ ह्याकरले बाहिर लगेको पाइएको छ। प्रहरी अनुसन्धानअनुसार करिब एक महिनादेखि कृषि विकास बैंक ह्याक गर्न थालिएको थियो । जसमा सुरुमा ३ लाख रुपैयाँ गरेर नेपाली एजेन्ट नुवाकोटको मेघाङ गाउँपालिका ४ का ४३ वर्षीय लवाङ तामाङको खातामा ट्रान्सफर गरिएको थियो ।

त्यसपछि आफूले ३० हजार रुपैयाँ कमिसन लिएर २ लाख ७० हजार रुपैयाँ ह्याकरलाई भारत पठाएको उनले प्रहरीसमक्ष बयान दिएका छन् । ‘ह्याकरले त्यसबेला अर्बौं रुपैयाँ ह्याक गरेर लवाङको खातामा हाल्छु भन्दै थोरै पैसामा नलोभिई रकम पठाउनु भनेका रहेछन्,’ लवाङलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यसपछि कमिसन नै करोडौं रुपैयाँ आउने भएपछि लवाङले ३० हजार रुपैयाँ राखेर २ लाख ७० हजार ह्याकरलाई पठाएको पाइयो ।’

यसरी अन्य व्यक्तिले समेत पटक पटक गरी २ करोडभन्दा रकम बाहिरिएको पाइएको प्रहरी स्रोत भनाइ छ। एकपटक ८ लाख, अर्कोपटक १९ लाखलगायत पटकपटक गरेर अहिलेसम्म झन्डै २ करोड रुपैयाँ ह्याकरले नेपालबाट लगिसकेको पाइएको स्रोतको भनाइ छ । यद्यपि बैंकले भने उक्त कुरा लुकाउँदै आएको छ । बैंकका महाप्रबन्धक दीर्घ अर्यालले गत मंगलबार अपराध महाशाखामा भएको पत्रकार सम्मेलनमा ह्याक भएको सबै रकम सुरक्षित भएको दाबी गरेका थिए । उनले पत्रकार सम्मेलनमा भनेका थिए, ‘प्रहरीको सक्रियताले हाम्रो सबै रकम जोगियो ।’

करिब ५ करोड रुपैयाँ व्यक्तिको खातामा अनधिकृत रुपमा ट्रान्सफर हुँदासमेत बैंकले कुनै सुइँकोसम्म पाएको थिएन । प्रहरीले नै खबर गरेर हेर्न भन्दासमेत उनीहरूले आफ्नो बैंक ह्याक नभएको बताएका थिए । पछि जाँच गरेपछि करोडौं रुपैयाँ ह्याक भएको पाइएको थियो ।

ह्याकरका नेपाली एजेन्ट अझै फरार

ह्याकरका मुख्य नेपाली एजेन्ट लवाङ रहेको बताइए पनि लवाङलाई ह्याकरसँग सम्पर्क गराइदिने व्यक्ति भने अर्कै छन्। उनी हुन् धादिङ घर भई गोंगबु बस्ने ५० वर्षीय खम्ब घले।

खम्बले ह्याकर ‘काले हप्सी’ भनिने पिटर हर्मन हासेङसँग लवाङलाई सम्पर्क गराइदिएका थिए । पिटर नाइजेरियन नागरिक भएको अनुसन्धानबाट खुलेको छ । उनकै योजनामा नेदरल्यान्डको आइपीमा भिपिएन प्रयोग गरेर बैंक ह्याकिङ गरिएको थियो ।

लवाङलाई पिटरसँग सम्पर्क गराइदिने खम्ब भने अझसम्म फरार छन् । उनको सुइँको प्रहरीले पाउन सेकेको छैन । उनीसहित अहिलेसम्म ह्याकिङमा संलग्न भएका थप ६ जना पक्राउ पर्नै बाँकी रहेको प्रहरीले जनाएको छ । ‘अहिलेसम्म पहिचान भएकामध्ये ७ जना पक्राउ पर्नमा बाँकी नै छन्,’ स्रोतले नेपाल लाइभसँग भन्यो, ‘यस प्रकरणमा थप अरु पनि संलग्न हुन सक्छन् । हामी अनुसन्धान गर्दै छौं ।’

‘यसो गर्दा पनि हुँदैन, उसो गर्दा पनि हुँदैन, केही सीप नलागेपछि बैंक लुट्न थालियो’
पक्राउ परेका लवाङले पैसा कमाउन केही सीप नलागेपछि ह्याकरको सम्पर्कमा पुगेको र बैंक लुटमा संलग्न भएको प्रहरीसमक्ष बताएका छन् । उनकी श्रमीती जापान छन् भने छोरा क्यानाडा छन् । दुबै जनालाई विदेश पठाउँदा लाखौं रुपैयाँ ऋण लागेको र उक्त ऋण तिर्न केही सीप नलागेपछि ह्याकरको सम्पर्कमा पुगेको बयान दिएका छन् ।

लवाङले माइजू नाता पर्ने तर यही प्रकरणमा हिरासतमै रहेकी लक्ष्मी तामाङलाई मात्रै २७ लाख रुपैयाँ तिर्नु छ । ‘साहुले पैसा मागेको माग्यै गर्ने’ लवाङको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसो गर्दा पनि हुँदैन उसो गर्दा पनि हुँदैन । साहुले पैसा मागेको माग्यै छ । बाध्य भएर यस्तो काममा संलग्न हुन पुगे ।’

त्यसो त पत्रकार सम्मेलनमै लवाङलाई आफूलाई कुनै ग्लानी नभएको संकेत दिएका थिए । प्रहरीले मास्क लगाएर सार्वजनिक गरेको बेला उनले मास्क खोल्दै ह्याकिङ नेपाली एजेन्ट आफू भएको बताएका थिए ।

१७ जना पक्राउ, पक्राउ पर्लान् नाइजेरियन ह्याकर ?

प्रहरीले ह्याकिङ प्रकरणमा संलग्न भएको आरोपमा आइतबार मात्रै बैंकको लहान शाखाका लोन प्रमुख सुनीलकुमार साहलाई पक्राउ गरेको छ। उनी यो प्रकरणमा पक्राउ परेका १७औं व्यक्ति हुन्। यसअघि प्रहरीले १६ जनालाई पक्राउ गरिसकेको थियो।

त्यस्तै यसअघि गत शुक्रबार प्रहरीले महेन्द्र भट्ट, मालतीदेवी न्यौपाने भट्टराई र गणेश बस्याललाई पक्राउ गरेको थियो।

भट्टको महेन्द्रनगरस्थित कृषि विकास बैंकको शाखाको खातामा ४५ लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको थियो । त्यस्तै पर्वतकी मालतीदेवी न्यौपानेको खातामा २४ लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको थियो ।

गत बिहीबार पनि प्रहरीले स्याङ्जाका रामकृष्ण भुसाललाई पक्राउ गरेको थियो। उनी प्रतीक्षा निर्माण सेवाको प्रोपाइटर हुन् । उनको खातामा ६५ लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले गत मंगलबार १२ जनालाई पक्राउ गरेको थियो । जसमा नुवाकोटको मेघाङ गाउँपालिका(४ का ४३ वर्षीय लवाङ तामाङ, रसुवाको नौकुण्ड गाउँपालिका–५ की ४० वर्षीया लक्ष्मीमाया तामाङ, काठमाडौं तार्केश्वर नगरपालिका–२ काभ्रेस्थीका २६ वर्षीय सञ्ज घले, रसुवाको नौकुण्ड गाउँपाकिला–५ का २० वर्षीया निर्मला तामाङ, सोही ठाउँका १८ वर्षीय निमा तामाङ, सर्लाहीको हरिवन नगरपालिका–२ का ४२ वर्षीय पुष्पराज खड्का छन् ।

त्यसैगरी लमजुङको दोर्दी गाउँपालिका–३ का २३ वर्षीय विद्यासागर लामिछाने, तनहुँको भानु नगरपालिका–९ का ३८ वर्षीय श्रवणकुमार श्रेष्ठ, भक्तपुरको ठिमी नगरपालिका–४ का ३२ वर्षीया सुनिता श्रेष्ठ, भारतको कलकत्ता घर भई काठमाडौं टेबहाल बस्ने ३० वर्षीइ शुबन्कर पञ्जा, कैलालीको भजनी नगरपालिका–३ का २२ वर्षीय विजय साह र भजनी–१ का ४५ वर्षीय चन्द्रबहादुर बुढा छन् ।

योसँगै बैंक ह्याक प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ। तर यसका मुख्य एजेन्ट नाइजेरियन नागरिक पिटर भने अझसम्म फरार छन् । उनकै योजनामा बैंक ह्याक भएको थियो। उनले भारतमा बसेर ह्याक गरेको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ। यद्यपि ह्याकिङको आइपी एड्रेस भने नेदरल्यान्ड देखिएको थियो ।

उनका बारेमा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ। यसबारे स्रोतले भन्यो, ‘मुख्य व्यक्ति को हुन् भन्ने पहिचान भइसकेको छ । यसबारे प्रहरीले आवश्यक अनुसन्धान गर्छ ।’

यसअघि पनि चिनियाँ र फ्रेन्च ह्याकरको समूहले करिब २ करोड रुपैयाँ विभिन्न बैंकबाट ह्याक गरी निकाल्दै गर्दा महानगरीय प्रहरी परिसरले पक्राउ गरेको थियो । जसमध्ये ५ चिनियाँ र एक फ्रेन्च नागरिकसहित ३ नेपाली पक्राउ परेका थिए । २ चिनियाँ भने अझै फरार छन् । मुख्य ह्याकर फरार हुन् र पैसा बोक्ने मात्रै पक्राउ पर्नुले अझै पनि बैंकहरु उत्तिकै जोखिममा रहेको देखिन्छ ।

  • नारायण अधिकारी/ नेपाल लाइभ

सम्बन्धित समाचार

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

सीके र रञ्जिताबीच १२ बुँदे सहमति : रेशमको रिहाइ पहलदेखि नागरिकता विधेयकमा दबाबसम्म (पूर्णपाठ)

सीके र रञ्जिताबीच १२ बुँदे सहमति : रेशमको रिहाइ पहलदेखि नागरिकता विधेयकमा दबाबसम्म (पूर्णपाठ)

मधेश प्रदेशः १०४ सांसदको शपथग्रहण, जनमतका साँसदहरुले लिए मधेशी भाषामा शपथ

मधेश प्रदेशः १०४ सांसदको शपथग्रहण, जनमतका साँसदहरुले लिए मधेशी भाषामा शपथ

ताजा समाचार

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

Ghode Jatra being celebrated

Ghode Jatra being celebrated

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध