Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ | वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

रौतहट प्रहरी अपराध रोक्न सक्रिय : धमाधम पक्राउ पर्दै अपराधी, करोडौं रुपैया राजश्व उठ्यो

टुडे खोज लेखक टुडे खोज
अशोज १५, २०७६, ३:०७ AM
0
रौतहट प्रहरी अपराध रोक्न सक्रिय : धमाधम पक्राउ पर्दै अपराधी, करोडौं रुपैया राजश्व उठ्यो

राकेश यादव/ रौतहट, १५ असोज । रौतहट प्रहरीले ८ महिनाको अवधिमा विभिन्न घटनाका आरोपित, दोषी तथा फरार १ सय ४ अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ ।

पक्राउ अभियान अन्तर्गत साइबर क्राइमदेखि लिएर जुवातास, अदालतबाट दोषी ठहर भई फरार, बम काण्डमा संलग्न सहितका १ सय ४ अभियुक्त पक्राउ परेका हुन् । प्रहरीको यो ठूलो सफलता भएको स्थानीय बताउँछन् । विशेष अनुसन्धान गर्नका लागि गठित क्राइम इन्भेस्टिगेसन टीम (सीआईटी)को टोलीले गोप्य सूचनाको आधारमा यतिधेरै अभियुक्तलाई पक्राउ गरेको छ ।

कभर्ट अप्रेशन अभियान अन्तर्गत हालसम्म फरार अभियुक्त २० जना, अदालतबाट दोषी ठहर भई फरार रहेका अपराधी ९ जना, साइबर क्राइममा संलग्न रहेका व्यक्ति ५ जना, विभिन्न चोरीको घटनामा संलग्न रहेको २४ जना, डाँका र चोरीमा संलग्न २१ जना, मानव बेचबिखनमा संलग्न भएको ६ जना, सीसी कैमरा फूटाएको आरोपमा १ जना, फेसबुक ह्याक गरेका ५ जना, बम काण्डको अपराधी ३ जना, टेम्पू चालकसहित टेम्पू लूटपाटको घटनामा संलग्न १ जना, जुवा खेल्दै गर्दा ९ जना पक्राउ परेका छन् ।

यस्तै जिल्लाको विभिन्न ठाउँबाट भन्सार चोरी निकासी पैठारीका ३ करोड ८९ लाख २९ हजार ६६९ रुपैया मूल्य बरावरको तस्करीका समानहरु बरामद गरी प्रहरीले भन्सारमा बुझाएको छ ।

८ महिनाको सार्वजानिक गरेको कार्य प्रगति अनुसार लागू औषध गाजा २३ किलो ५ सय ग्राम बरामद गर्नुको साथै ८ जनालाइ पक्राउ गरिएको छ । लागू औषध इंजेक्शन ३ सय पीस र टेबलेट १५ सय पीस साथै १० जना लाइ नियंत्रणमा लिन सीआईटी टोली सफल भएको हो ।

५ कट्ठामा गरिएको अफीम खेती नस्ट गरिएको छ । हराएको मोबाइल बरामद गरी ३० जनालाई जिम्मा लगाइएको र हराएको बालबालिका १९ जनालाई खोजतलास गरी अभिभावकके जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कटुवा पिस्तौल ४ र गोली राउंड ४, चोरीको चार चक्का गाड़ी ३ बटा स्कार्पियो र ३ बटा बोलेरो, चोरीका विभिन्न कम्पनीका ५३ बटा मोटर साइकल, १ किलो सुन बरामद गरिएको छ भने ७ वटा लागुऔषध मुद्दाको सफल अनुसन्धान गरिएको प्रहरी निरीक्षक नायकले बताए ।

सीआईटीको नेतृत्व गर्दै आएका नायकले अपराध न्यूनीकरण गरी समाजमा शान्तिको बातावरण सृजना गरी त्रासको अवस्था हटाउने बताए । उनले रौतहटमा पहिलो पटक सीआईटी टीम बनाइएको पनि बताए । फरक ढंगबाट सत्य तथ्य बुझी प्रमाणसहित अनुसन्धान गर्ने उद्देश्यले क्राइम इन्भेस्टिगेशन टीम १२ सदस्य बनाइएको उनको भनाई छ ।


सम्बन्धित समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

राष्ट्रिय मुस्लिम आयोगद्वारा मुस्लिम समुदायको थर सुचिकृत

सर्लाही घटनामा मुस्लिम आयोगको चासो

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध