Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

पाँचजना भारतीय लुटेरा पर्सा प्रहरीको फन्दामा

टुडे खोज लेखक टुडे खोज
अशोज १५, २०७६, ७:१० AM
0
पाँचजना भारतीय लुटेरा पर्सा प्रहरीको फन्दामा

पर्सा, १५ असोज । पर्वका समयमा बढेको भिडभाडमा लुटपाट गर्न खोज्ने पाँच भारतीय पर्सामा पक्राउ परेका छन् । उनीहरुलाई पर्सा प्रहरी कार्यालयबाट सादा पोशाकमा खटेका प्रहरीले लुटपाट गर्न लागेको समयमा नै पक्राउ गरेको हो ।

पर्साको जगरनाथपुर गाउँपालिका–४ बस्ने वर्ष १५ को कन्हैयालाललाई लुटपाट गर्न खोजेको समयमा वीरगन्ज महामनगरपालिका वडा नम्बर १५ बसपार्कबाट पाँचै जनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। पक्राउ पर्ने अभियुक्तहरु भारत बिहार बेतिया घर भएका २६ वर्षीय अजय राम, त्यही ठाउँका १६ बर्षका अरुण मल्ली, १५ बर्षका भोला मल्ली, ४० बर्षका घुरिल मल्ली र २५ वर्षका सन्नी राम रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक गौतम थापाले बताए।

सादा पोशाकमा रहेका प्रहरीले पाँचै अभियुक्तलाई पक्राउ गर्न सफल भएको उनको भनाइ छ। पक्राउ परेका अभियुक्तहरुले अरुको पनि सुनको सिक्री लगायतका सामान लुटपाट गरेको पर्सा प्रहरीमा थप उजुरी आउने क्रम जारी रहेकोले थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक थापाले बताए। त्यसैगरी बारा कलैया–१ घर भई हाल वीरगन्ज १६ बस्ने वर्ष २६ को सजिर रायभरलाई पनि गस्तीमा रहेको प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ परेका रायभरले वीरगन्ज २५ बस्ने नवनीत दासको मोबाइल फोन चोरी गरी भाग्दै गरेको समयमा पक्राउ गरी थुनामा राखेर थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ। केही दिनयता पर्वको समयमा बढेको भिडभाडलाई लक्षित गरी लुटेरा र चोरहरुले थप गतिविधि बढाउन सक्ने कुरालाई आंकलन गरी प्रहरीले चालेको थप सुरक्षा व्यवस्था अनुसार अभियुक्तहरु धमाधम प्रहरी नियन्त्रमा पर्न थालेको प्रहरीको दावी छ। सादा पोशाकमा पनि साविकको भन्दा धेरै प्रहरी परिचालन गरिएकोले पर्वको भिडभाडमा पनि अपराधिक घटना घटाउन सकिन्छ भनी अपराध कर्ममा लाग्नेहरुले छुट पाउन नसक्ने पर्सा प्रहरीले जनाएको छ।-थाहाखबर


सम्बन्धित समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

राष्ट्रिय मुस्लिम आयोगद्वारा मुस्लिम समुदायको थर सुचिकृत

सर्लाही घटनामा मुस्लिम आयोगको चासो

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध