काठमाडौँ, १५ असोज । कृष्णबहादुर महरामाथि जर्वजस्ती करणीको आरोप लगाएकी महिला रोशनी शाहीको सुरक्षाका लागि प्रहरी खटाइएको छ । स्रोतका अनुसार नेपाल प्रहरीका एक असई र एक जना महिला प्रहरी शाहीको सुरक्षाका लागि खटाइएको हो ।
संसद सचिवालयकी कर्मचारी रहेकी रोशनीमाथि निगरानी राख्न र भवितव्य केही पनि नहोस् भनेर सुरक्षाका लागि प्रहरी परिचालन गरिएको बताइएको छ । शाहीले बिहान ७ बजेबाट प्रहरी आएर आफ्नो निगरानी गरेको फेसबुक स्टाटस समेत लेखेकी छन् ।
आरोप लगाएको २४ घण्टा नवित्दै शाहीले बयान फेरेकी छन् । स्रोतका अनुसार उनीमाथि अत्यधिक दबाब परेकाले बयान फेर्न बाध्य भएकी हुन् । जर्वजस्ती करणी गरेको अन्तरवार्ता समेत उनले दिएकी थिइन् । तर अब चाँही महरा बुवा सरह भएको भन्दै केहि नगरेको र डेरामै नआएको दावी गरिन् ।