Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

चीनले बनायो हावाभन्दा तेज गतिको खतरनाक मिसाइल, अमेरिका १ घण्टामै पुग्ने !

टुडे खोज लेखक टुडे खोज
अशोज १५, २०७६, २:५२ PM
0
चीनले बनायो हावाभन्दा तेज गतिको खतरनाक मिसाइल, अमेरिका १ घण्टामै पुग्ने !

एजेन्सी, १५ असोज । चीनले आफ्नो ७०औ राष्ट्रिय दिवसका अवसरमा नयाँ मिसाइल प्रदर्शन गरेको छ।’नेक्स्ट जेनरेसन’ को यो ‘आईसीबीएम’ (इन्टर कान्टिनेन्टल ब्यालेस्टिक मिसाइल) को मारक क्षमता १२ देखि १५ हज़ार किमी परसम्म रहेको छ ।

१२-१५ हज़ार किमीको अर्थ चीनले अन्य कही मिसाइल केन्द्र बनाउनु पर्दैन । आकाश मार्गबाट १२-१५ हज़ार किमी भनेको झन्डै सम्पूर्ण पृथ्वीसम्मको मारक क्षमता हो । बेइजिङ्गबाट नयाँ दिल्लीको दूरी ३७८० किमी, मुम्बइ ४७६० किमी, भूटान २८०० किमी, सऊदी अरेबिया ६६१२ किमी, मास्को ५८०७ किमी, लन्दन ८१६१ किमी, ब्रिस्बेन ८३७० किमी, र न्यूयोर्क ११हज़ार किमी रहेका छन् ।

बेइजिङ्गमै राखिएको ‘आईसीबीएम’ झण्डै संसारका सबै ठूला शहरसम्म पुग्न सक्छ।बीजिन्गबाट उडेको हवाई जहाजलाई अमेरिकाको न्यूयोर्क पुग्न १५-१६ घण्टाको समय लाग्छ।यात्रुवाहक बोईंगको अधिकतम गति ८००-१००० किमि प्रतिघण्टा हुन्छ।

तर चीनले बनाएको यो नया मिसाइललाई न्यूयोर्क पुग्‍न १ घण्टाको समय पनि लाग्दैन, भनौ २०-२५ मिनट मै यो चिनिया मिसाइल अमेरिका पुग्नसक्छ । कारण यसको गति अत्यधिक रहेको छ । यस मिसाइलको गति २५ म्याक रहेको छ । १ म्याक गति भनेको ध्वनिको गति हो ।

ध्वनिले सामान्यतया ३ सय ४३ मीटर प्रति सेकेण्डको गतिले परिभ्रमण गर्छ । १ सेकेण्डमा ३४३ मीटर ,१ मिनटमा (६० सेकेण्ड मा) २०५८० मीटर र एक घण्टामा (६० मिनट अथवा ३६०० सेकेण्ड मा) ध्वनिले १,२३,४८० मीटर दुरी तय गर्छ । भनौ १ घण्टामा ध्वनिले १२३४.८ किमी दूरी तय गर्छ ,यसलाई नै १ म्याक गति भनिन्छ ।

ध्वनिको गति, पृथ्वीको अक्षमा घूमने गतिभन्दा निकै कम छ ,पृथ्वीको अक्षमा घूमने गति १६७४ किमिप्रति घण्टा हो । चीनको मिसाइल पृथ्वीको अक्षीय गति भन्दा बढ़ी गतिले यात्रा गर्छ यसले एक घण्टामा पृथ्वीका २० चक्‍कर लगाउन सक्छ।२१ मीटर लामो यस मिसाइलको तौल ८० हज़ार किलोग्राम रहेको छ ।

चीनले बनाएको नया मिसाइल जसको नाम डोङ्गफेङ्ग-४१ (dongfeng -41) राखिएको छ।यो ‘इंटरकांटिनेंटल’ मिसाइल हो।नाम अनुसार यसले एक कन्टिनेन्टबाट अर्को कन्टिनेन्टसम्म प्रहार गर्नसक्छ। डोङ्गफेङ्ग-४१ को गति २५ म्याक रहेको छ अर्थात यो मिसाइल ३०,८५० किमी प्रति घण्टाको गतिले उडेर लक्ष्य भेदन गर्न सक्छ । डोङ्गफेङ्गको चिनियाँ भाषामा अर्थ हुन्छ, पूर्वी हवा ।

यस मिसाइलको मारक क्षमता १२ देखि १५ हज़ार किमीसम्म रहेको छ। यस मिसाइलको विशेष क्षमता के छ भने यसले एकै पटकमा १० वटा विभिन्‍न लक्ष्यमाथि प्रहार गर्न सक्छ।यसले ‘न्यूक्लियर वार हेड’ बोक्ने क्षमता राख्छ ।

यो मिसाइल ‘अटो गाइडेड’ छ अर्थात यसले आवश्यकता अनुसार आफ्नो उचाइ कम अथवा वेशी गर्नसक्छ।चीनको दावी अनुसार यो मिसाइल शत्रु देशका राडारबाट जोगिन सक्षम छ । चीनको सेनामा यस मिसाइलको प्रवेश भएपछि उसले अब विभिन्‍न स्थानमा मिसाइल तैनाती गर्नु पर्दैन ।

सम्बन्धित समाचार

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

बेलारुसमा आणविक हतियार भण्डारण गर्ने रुसको घोषणा

बेलारुसमा आणविक हतियार भण्डारण गर्ने रुसको घोषणा

राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सांसद पद खारेज

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रोनाल्डो खानाका लागि भिख माग्थे, अहिले फुटबल खेलेरै कमाउँछन् वर्षेनी २८ अर्ब रुपैयाँ

रोनाल्डो खानाका लागि भिख माग्थे, अहिले फुटबल खेलेरै कमाउँछन् वर्षेनी २८ अर्ब रुपैयाँ

ताजा समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध