औरहीमा मोटरसाइकल बेवारिसे फेला, च्यातिएको सर्ट पनि भेटेपछि अवस्था शंकास्पद


ओपी शाह/ जनकपुरधाम, १६ असोज । धनुषाको औरही गाउँपालिका १ स्थित सडकमा बेवारिसे एक मोटरसाइकल फेला परेको छ । ज. १२ प. १८२० नम्बरको सुपर स्पलेन्डर मोटरसाइकल फेला परेको हो ।

स्थानीयले मोटरसाइकल विहान सडकमै लागेको देखेपछि घटनास्थललाई नियाल्दा छेउमा एक चप्पल र सर्ट च्यातिएको अवस्थामा पनि फेला परेको छ । घटना शंकास्पद रहेको स्थानीय दिपक यादबले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकल राखिएको ठाउँ नजिकै धान खेतमा दुई पक्षबीच झडप भएको देखिन्छ । स्थानीयले मोटरसाइकल र घटनास्थलको शंकास्पद अवस्थाबारे प्रहरीलाई खबर गरेका छन् ।

यसबारे थप विवरण आउँन बाँकी छ ।

प्रकाशित : २०७६ आश्विन १६, बिहीबार ०२:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ