राजदेवी मन्दिरमा नेता नविन यादब सम्मानित


जनकपुरधाम, १६ असोज । जनकपुरस्थित राजदेवी मन्दिरमा समाजवादी पार्टीका नेता नविन यादबलाई पनि सम्मान गरिएको छ । बुधवार राति मन्दिरमा आयोजित साँस्कृतिक कार्यक्रममै नेता यादबलाई मेला आयोजक महाविर यूवा कमिटीले सम्मान गरेको हो ।

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल, नेपाल प्रहरीका एसपी शेखर खनाल लगायतका सुरक्षा अधिकारीहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा नेता यादबले जनकपुरको सुरक्षा अवस्था अझ मबजुत बनाउन प्रशासनको ध्यानाकर्षण गराए ।

प्रजिअ कणेलले चाडपर्वका बेला कुनै अपराधिक घटना घट्न नदिने गरी सुरक्षा व्यवस्था मिलाएको बताए । एसपी खनालले विशेष सुरक्षा योजना अन्तर्गत थप सुरक्षाकर्मी परिचालन गरिएकाले कुनै अपराधिक घटना घट्न नदिने विश्वास दिलाए ।

प्रकाशित : २०७६ आश्विन १६, बिहीबार ०७:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ