फेरी बढ्यो सुनको मूल्य, आज कति पुग्यो ?


काठमाडौं, १६ असोज । सुनको मूल्य तोलामा हजार रुपैयाँ बढेको छ । बुधबार ६९ हजार ८ सय रहेको सुन आज बढेर ७० हजार ९ सय पुगेको छ ।

पछिल्लो समय घट्न थालेको सुनको मूल्य मंगलबार देखि बढ्न थालेको हो । मंगलबार प्रतितोला सुन ६९ हजार २ सयमा पुगेको थियो ।

यस्तै, तेजावी सुनको मूल्य पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुनको मूल्य ७० हजार ६ सयमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ । बुधबार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ८ सय ५० रुपैयाँ प्रतितोला पुगेको हो ।

अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सयको पुगेको छ । दुई दिन अघि १४ सय ४० अमेरिकी डलरको रहेको सुनको अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढीरहेको छ । त्यसको असर नेपाली सुन बजारमा पनि देखिएको हो ।

प्रकाशित : २०७६ आश्विन १६, बिहीबार ०८:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ