काठमाडौं, १६ असोज । यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका निवर्तमान सभाुमख कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन् ।
महराका प्रेस संयोजक डिल्ली मल्लले निवर्तमान सभामुखसँग रहेका आर्मी र प्रहरी फिर्ता भएको बताए । महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षको नेतृत्वमा ११ जना प्रहरी खटाइएको थियो ।
महराले आफूले प्रयोग गर्दै आएको बा२झ १२६८ नम्बरको गाडी संसद सचिवालयको सवारी शाखालाई बुझाएका छन् । संसद सचिवालयमै कार्यरत एक महिलालाई दुर्व्यवहारको आरोप लागेपछि महराले सभामुखबाट राजीनामा दिएका थिए ।
पहिलो दिन महराले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै ती महिलाको भिडियो सार्वजनिक भएको थियो भने २४ घण्टा नबित्दै उनले बोली फेर्दै महरा आफ्नो बाबु समान भएको बताउँदै मिडियामा आएकी थिइन । – खबरहब