काठमाडौं, १८ असोज । भारत प्रशासिक कस्मिरमा शनिबार आतंकवादी आक्रमण भएको छ ।आतंकवादीले कस्मिरस्थित अनन्तनाग जिल्लाको आयुक्त कार्यालय अगाडि बम आक्रमण गरेको बीबीसी हिन्दीले जनाएको छ ।
उक्त आक्रमणमा परी एक प्रहरी र एक पत्रकारसहित १० जना घाइते भएका छन् । समाचार संस्था पीटीआइका अनुसार शनिबार बिहान ११ बजे बम आक्रमण भएको थियो ।
जम्मु कस्मिर प्रहरीका अनुसार प्रहरीले त्यस क्षेत्रमा आतंकवादीको खोजी सुरुवात गरेको छ । अहिलेसम्म कुनै समूहले घटना लिएको छैन ।