संजय साह/ जनकपुरधाम, १८ असोज । संघिय सरकारका भौतीक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले नेपालीले जनताले दिएको जनादेश नेपाल सरकारले पुरा गर्ने दावी गरेका छन् ।
धनुषाको सवैलामा विजयादशमीको अवसरमा आयोजित मेलामा आयोजना गरिएको कब्बडी, भलिबल र क्रिकेट खेलहरुको समुदघाटन समारोहमा बोल्दै मन्त्री महासेठले जनताले राम्रा सडकमा हिन्न, पुलको माध्यमले बाटो पार गर्न सहितका जनादेश सहित सरकारलाई दुइ तिहाई दिएकाले ति सवै सपना साकार हुनेमा विश्वस्त हुन सवैलाई आग्रह गरेका छन् ।
पाँच वर्षको कार्यकालमा सडकको कनेक्टिीभिटी, पुलपुलेसोको व्यवस्था भरपर्दो रुपमा उनले दावी गरेका छन् । आफनो गाँउ आफै बनाउन पुर्व प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले देखाएको प्रेरणावाट वर्तमान सरकार देशको विकास गर्न प्रतिवद्व रहेको उनको तर्क थियो । विकासमा कुनै वाधा नहुने उनको तर्क छ ।
कार्यक्रममा बोल्दै नेकपाका पोलीट ब्युरो सदस्य योगनारायण यादवले खेलकुदको प्राथमिकताले नै युवाको विकास हुनेमा जोड दिएका छन् । कार्यक्रममा नेकपाका नेताहरु श्रवण यादव बरबरिया, नेकपाका धनुषा अध्यक्ष राजकिशोर यादव, सवैला नगरपालिकाका प्रमुख विजय शंकर साह, युवा नेता राजु गुप्ता सहितकाले आ–आफनो धारणा राखेका थिए ।
गुँरास युवा क्लव, रामजानकी युवा क्लव र आर्दश युवा क्लवको आयोजनामा भइरहेको तिनवटै विद्याका खेलहरु एकादशीका दिन सम्म जारी रहने गुराँस युवा क्लवका अध्यक्ष नथुनी यादवले बताएको छ ।