संजय साह/ जनकपुरधाम, १८ असोज । जनकपुरधाम उपमहानगर ११ स्थित लक्ष्मण आखाडा देवस्थान मन्दिरको जगमोहन सौन्दर्यीकरण समुद्घाटन गरिएको छ ।
शनिवार एक समारोहका बिच राजपाका प्रदेश सभा सदस्य परमेश्वर साहले मन्दिरको जगमोहन सौन्दर्यकरण कार्यक्रमको समुदघाटन गरेका हुन् । शहरी विकास आयोजना कार्यालयको कुल १० लाखको लागतमा उपभोक्ता समिति मार्फत गरिएको सौन्दर्यकरण कामको समुदघाटन गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य साहले रामायण कालिन अवशेषको रुपमा रहेको मन्दिरको विकास, संरक्षण र सम्वद्वन आवयश्क रहेको बताए । कार्यक्रममा उपभोक्ता समितिले प्रदेशसभा सदस्य साहलाई सम्मान समेत गरेको थियो ।
कार्यक्रममा उपभोक्ता समितिका रामचन्द्र ठाकुर, वडा सदस्यहरु साजदा खातुन, रेखा मण्डल, रञ्जित साह, संतोष साह, विक्रम दाससहितको सहभागिता थियो ।