Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ | वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

दशैंमा शाकाहारीले के खाने ?

टुडे खोज लेखक टुडे खोज
अशोज १८, २०७६, २:४८ PM
0
दशैंमा शाकाहारीले के खाने ?

दशैं भन्नासाथ पछिल्लो समय खानपान, मनोरञ्जनको चाडको रुपमा विकसित भइरहेको छ । देवी भगवतीको पूजा अर्चना उपासनामा मानिसहरुको रुचीमा कमी देखिएको छ ।

सांस्कृतिक रुपमा पनि दशैं नयाँ लुगा, शक्तिपीठहरुमा बलीको रुपमा लिइने गरेको छ । दशैं मान्ने धेरै नेपालीको चुलामा मासुका परिकार पाक्ने गरेको छ । तर पछिल्लो समय अहिंसावादी सोच, स्वास्थ्यमा मासुले पार्ने नकारात्मक प्रभाव आदी कारणले पनि मासु नखाने मानिसहरुको संख्यामा बृद्धि भइरहेको छ ।

दशैंमा सरकारी स्तरमा भेडा च्यांग्राको विक्री हुने गरेको छ । मासुका विभिन्न परिकरहरुको चर्चाका बीच हरियो तरकारी, काउली, साग, च्याउआदीको कुनै चर्चा हुने गरेको छैन । ‘दशैंमा मासु नखाए के खाने रु’ भन्ने प्रश्नको सामना अधिकांश शाकाहारीले गर्नुपर्ने परिस्थिति छ । जस कारण शाकाहारीहरु दशैंमा के खाने भन्ने द्विविधामा पर्ने गरेका छन् ।

शाकाहारीले दशैंमा के खाने ?

मासुको प्रयोग नगरि पनि दशैंलाई खानपानका हिसावमा स्वादीलो बनाउन सकिन्छ । त्यसका लागि तपाईले नियमित रुपमा खाने काउली, घिरौला, बन्दा, भन्टा, साग, मूलाका साथसाथै पनिर, च्याउका विभिन्न स्वादिलो परिकार बनाउँन सक्नु हुन्छ ।

दशैंमा तपाईले मटर पनिर, पालक पनिर, तोफु, मटर मसरुम पनिर, लगातयको तरकारी बनाउन सक्नुहुन्छ । च्याउमा प्रोटिन, भिटामिनहरूमा थाइमिन, राइवोलेविन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, विभिन्न एमिनो एसिडस् आदि तत्वहरू पाइन्छ । त्यस्तै, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । बोसो नगन्य मात्रामा हुने च्याउलाई पौष्टिक खानाको रूपमा लिइएको छ जसको प्रयोग दशैंमा स्वास्थ्यका हिसावले पनि हितकर हुन्छ ।

शाकाहारीले दशैंको समयमा चना, केराउ, बोडीको तरकारीहरुको प्रयोग गर्न सक्नु हुन्छ । त्यस्तै आलुको अचार, काक्राको पुरानो अचारको प्रयोग पनि भेजहरुले गर्न सक्नुहुन्छ । मासुलाई धेरैदिनसम्म राखेर पकाएर खानु भन्दा तपाईको भान्सामा पाकेको पालक पनिर, च्याउको परिकार निकै स्वास्थकर हुन्छ । दशैंमा खिर लगायतका परिकार पनि बनाउन सकिन्छ ।

मिठाइ र फलफूल

दशैंको अवसरमा शाकाहारीले प्रयोग गर्न सक्ने अन्य खानेकुरामा फलफूल र मिठाइ पनि हुन्छ । त्यसका लागि बजारमा किनिएका मिठाइ भन्दा घरमा नै बनाउन सकिने लालमन, रसवरी, जेरी, नरीवलको वर्फी, सेल, अनरसा लगायतका मिठाइको प्रयोग गरेर दशैंलाई स्वादीलो बनाउन सक्न् हुन्छ ।

त्यस्तै भेजहरुले फलफुल, लस्सीको प्रयोग पनि दशैंमा गर्न सक्छन् । दहीको प्रयोग दशैंमा धेरै हुने गरेको छ । दही, चिउरासँग आलूको अचार कम्ति स्वादीलो हुँदैन । जे जस्तो परिकार भएपनि दशैंमा सन्तुलित र आफ्नो शरीर स्वास्थ्यका हिसावले खानपान गरेर दशैं मनाउनु होला ।

आधुनिक खानपान

पछिल्लो समय खानपानमा नयाँ नयाँ कुराहरुको विकास भइरहेको छ । दशैंमा पनि शाकाहारीहरुले यस्तै खानेकुरा आफ्नो भान्छामा बनाउन सक्नुहुन्छ । भेज पिज्जा, भेज फिंगर, फ्रेन्च फ्राइ, समोसा लगायतका परिकार बनाएर पनि दशैंको खानपानलाई स्वादिलो बनाउन सकिन्छ ।


सम्बन्धित समाचार

बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, अब १७ हजार ३ सय (सूचीसहित)

बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, अब १७ हजार ३ सय (सूचीसहित)

के छ समाजवादी मोर्चाको समझदारी पत्रमा ? (पूर्णपाठसहित)

के छ समाजवादी मोर्चाको समझदारी पत्रमा ? (पूर्णपाठसहित)

मधेश सरकारको बजेट ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार (पूर्णपाठ)

मधेश सरकारको बजेट ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार (पूर्णपाठ)

मधेश सरकारको पहिलो आर्थिक सर्वेक्षण सार्वजनिक, कस्तो छ प्रदेशको अवस्था ? (पूर्णपाठ)

मधेश सरकारको पहिलो आर्थिक सर्वेक्षण सार्वजनिक, कस्तो छ प्रदेशको अवस्था ? (पूर्णपाठ)

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

हेर्नुहोस् २०८० सालमा परेका सार्वजनिक बिदा

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध