आठ जुवाडे ९० हजार रुपैयासहित पक्राउ


बाँके, १९ असोज । बाँकेको बैजनाथ गाउँपालिका ४ बाट प्रहरीले ८ जुवाडेलाई पक्राउ गरेको छ । जुवाखालबाट ९० हजार रुपैया समेत बरामद भएको हो ।

दशैंको अवसरमा जुवातास खेलिरहेका उनीहरुलाई शनिवार मध्यरातमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पक्राउ परेकाहरुमाथि कारबाही प्रक्रिया अगाडी बढाएको प्रहरीको भनाई छ ।

हरेक वर्ष दशैंमा जुवातास खेल्ने चलन छ । तर पछिल्लो समय प्रहरीले कडाइ गरेपछि जुवातास खेल्नेहरु घटेका छन् । यद्दपी दशैंका बेला जुवाडेहरु पक्राउ परिरहेका छन् ।

प्रकाशित : २०७६ आश्विन १९, आईतवार ०५:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ