महराले गरेको बलात्कार समाचार ब्रेक गर्ने पत्रकार शिवाकोटी अमेरिकामा सम्मानित हुने


काठमाडौं, २१ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महराले एक महिला कर्मचारीलाई बलात्कार गरेको समाचार ब्रेक गरेका पत्रकार अजयबाबु शिवाकोटी अमेरिकामा सम्मानित हुने भएका छन् ।

पत्रकार शिवाकोटीलाई यस वर्ष ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ बाट सम्मानित गर्न लागिएको हो । नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल (ईन्जा)ले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ को राशी १ हजार अमेरिकी डलर रहेकोछ ।

ईन्जा व्यवस्थापन समितिले नोभेम्वर १७ का दिन अमेरिकाको राजधानी वासिंङ्टन डिसीमा एक भव्य समारोह आयोजनागरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको इन्जाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार शिवाकोटी हाम्रा कुरा डटकमका सम्पादक हुन् । उनले महिलामाथि बलात्कार गर्ने निवर्तमान सभामुख कृष्णवहादुर महराबारेको समाचार पहिलो पटक सार्वजनिक गरेको थियो ।

प्रकाशित : २०७६ आश्विन २१, मंगलवार १४:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ