काठमाडौं, २२ असोज । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण फलदायी हुने नेताहरुले बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नपालले गरेको कार्यक्रमा बोल्दै सत्ता पक्ष र प्रमुख प्रतिपक्षदलका नेताहरुले २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक हुने बताएका हुन ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले २३ वर्ष अघिको चीन र २३ वर्षपछिको चीनमा धेरै परिवर्तन आएको बताउनुभयो । उहाले वर्तमान सरकार निर्वाचित भएरपछि विदेश सम्बन्ध र उच्चस्तरीय भ्रमण आदानप्रदानमा फड्को मारेको दाबी गर्नुभयो । भट्टराईले युरोपियन मुलुक, दक्षिण पूर्वी एशियाली मुलुकहरुमा समेत सरकारले सक्रियताका साथ सम्बन्ध विस्तार गरिहेको दाबी गनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणको आफ्नो पार्टीले स्वागत गर्ने बताउनुभयो । आफू परराष्ट्रमन्त्री भएकै बेला नेपाल भ्रमणको निमन्त्रणा दिएको उहाले स्मरण गर्नुभयो । चीनसँगको सम्बन्ध सुमधुर गर्दै अघि बढ्नुपर्ने महतले जिकिर गर्नुभयो ।
उहाले एक–अर्काको जायज चासो र चिन्ताप्रति दुबै देश गम्भिर हुनुपर्ने बताउनुभयो । उहाले नेपाल चीनसँगको सम्बन्धमा सडक सञ्जाल अघि बढाउनेबारे सरकारलाई ध्यान दिन सुझाउनुभयो ।