Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

चिनियाँ राष्ट्रपति ‘सि’को भ्रमण : केरुङ–काठमाडौं रेल्वे सम्झौता हुन्छ

टुडे खोज लेखक टुडे खोज
अशोज २३, २०७६, २:३६ AM
0
चिनिया राष्ट्रपति सी चिनपिङ २५ गते नेपाल आउने

काठमाडौं, २३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक भएकोले भव्य सफल हुने विश्वास व्यक्त गरेका छन् ।

उनले भने, ‘२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपालमा राजकीय भ्रमण हुँदैछ, चिनियाँ राष्ट्रपतिको दुई दिने भ्रमण ऐतिहासिक हुनेछ ।’ रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भ्रमणको क्रममा दुई देशबीच केरुङ–काठमाडौं रेलवेसम्बन्धी सम्झौता हुनेपनि स्पष्ट पारे ।

२३ वर्षअघिको चीन र २३ वर्षपछिको चीनमा धेरै परिवर्तन आएको सुनाउँदै भट्टराईले अहिले चीनको राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय रुपमा पनि भूमिका हिजोको भन्दा फरक रहेको बताए । उनले भने, ‘विश्वकै दोस्रो शक्तिशाली राष्ट्र हो । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण लामो समयको प्रतिक्षा थियो ।’

उनले वर्तमान सरकार निर्वाचित भएर आईसकेपछि विदेश सम्बन्ध र उच्चस्तरीय भ्रमण आदानप्रदानमा पनि निकै फड्को मारेको दाबी गरे । उनले भने, ‘विगतमा हामीलाई छिमेकीसँग मात्रै भ्रमण केन्द्रित रहेको भनेर आरोप लगाउने गरिएको थियो, तर यो सरकार आईसकेपछि हामीले युरोपियन मुलुक, दक्षिण पूर्वी एशियाली मुलुकहरुमा पनि सक्रियताका साथ सम्बन्ध अघि बढायौं ।’ अहिले उच्चस्तरीय भ्रमण आदानप्रदानको क्रम बढिरहेको उनको भनाई छ ।

कुटनीति र आर्थिक क्षेत्रमा नेपालको परराष्ट्र नीति सुदृढ रहेको र सोहीअनुसार सफलता हाँसिल गरेको पनि उनको दाबी छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमाण राजकीय महत्व बोकेको भ्रमण भएकोले यसले दुई देशबीच विश्वासको वातावरण बनाउने पनि उनको भनाई छ ।

यसअघि नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीनको राजकीय भ्रमण गरेको र नेपालको राष्ट्रपतिको निम्तो स्विकारेर चिनियाँ राष्ट्रपति आउन लागेको बताउँदै भट्टराईले अहिले नेपाल र चीनबीच उच्चस्रतीय सम्वाद निरन्तर भैरहेको स्पष्ट पारे ।

नेपाल र चीन दुवै स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न मुलुक भएको र द्धिपक्षीय सम्बन्धमा कुनै समस्या नरहेको उनको भनाई छ । उनले भने, ‘अब झन् हामीबीचको सम्बन्धको गतिमा फड्को मारिन्छ, सम्बन्धमा नयाँ अध्याय थपिनेछ ।’

सन् २०११ मा चिनियाँ राष्ट्रपतिले तिब्बतको भ्रमण गरेको स्मरण गर्दै त्यसयता तिब्बतको विकास धेरै गुणात्मक रुपमा अघि बढेको पनि उनले सुनाए । उनले भने, ‘तिब्बत हिजोजस्तो टनेलको अवस्थामा छैन, आज सडक, रेलवे, सञ्चार, विद्युत र बजारको विकास भएको छ ।’

भट्टराईले शनिबार काठमाडौं ओर्लने चिनियाँ राष्ट्रपति कति बजे आउने भनेर अहिले नै समय निश्चित् नभएको सुनाए । तर, शनिबार नै चिनियाँ राष्ट्रपतिले राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेताहरुसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको उनले जानकारी दिए ।

उनले चिनियाँ राष्ट्रपतिको स्वागतको लागि आफूहरु तीव्र प्रतिक्षामा रहेको बताए । उनको भ्रमणमा नेपाली जनताले अत्यन्तै ठूलो सद्भाव र सत्कार दिने पनि भट्टराईको विश्वास छ ।

भट्टराईले चिनियाँ राष्ट्रपति आउने दिन काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही घण्टाको लागि मात्रै अवरुद्ध हुने जानकारी दिए । ‘रनवे एउटामात्रै भएकोले उहाँ आउने दिन केही घण्टाको लागि मात्रै विमानस्थल अवरुद्ध हुन्छ’ उनले प्रष्टाएको खबर दैनिक नेपालले छापेको छ ।

सम्बन्धित समाचार

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय निर्माण

विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय निर्माण

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

बारा र पर्साका सबै पेट्रोल पम्प बन्द गर्ने बिक्रेताको चेतावनी

पेट्रोलियम पदार्थको भाउ घट्यो !

युएईबाट युरिया मल भित्रन शुरु, एक हप्ताभित्र वितरण सहज हुने !

सरकारले बढायो रासायनिक मलको मूल्य

ताजा समाचार

धनुषामा शिक्षकबाटै ११ वर्षीया छात्रा बलात्कृत, प्रहरी घटना ढाकछोप गर्दै !

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध