Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः १२ को मृत्यु,५ को सनाखत

टुडे खोज लेखक टुडे खोज
अशोज २४, २०७६, ८:२७ AM
0
सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः १२ को मृत्यु,५ को सनाखत

सिन्धुपाल्चोक, २४ असोज। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भोटसिपास्थित बडहरे चोक नजिक खोँचमा एक सवारी साधान दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । सोही गाउँपालिका–९को सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नंको बस सडकबाट २०० मिटर तल खस्दा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पचासभन्दा बढी घाइते भएकोे स्थानीयवासी राजेन्द्र आचार्यले बताउनुभयोे ।

सो घटनामा क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्र्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । दुर्घटनाको स्थिति हेर्दा थप क्षति हुनसक्ने देखिन्छ । दुर्घटनामा परेका प्राय सबै घाइते भएको हुनसक्ने अनुमान गरिएको र घटनाको थप विवरण आउन बाँकी रहेको उहाँको भनाइ थियो ।छतमा समेत यात्रु भएकाले कम्तीमा पनि ७० भन्दा बढी यात्रु उक्त बसमा चढेका प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो । कच्ची सडक र यात्रु बढी भएकाले हेलम्बु यातयातको सो बस दुर्घटना भएको हुन सक्ने बताइएको छ ।

पाँच जनाकोे सनाखत

प्रदेश नं ३का सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ उक्त बस दुर्घटनास्थलमा पुग्नु भएको छ । हेलिकप्टर लिएर घटनास्थल आइपुग्नु भएका उहाँले घाइतेको उद्धारमा कुनै कमी हुन नदिन सुरक्षा निकायलाई निर्देशन दिनाका साथै अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिनुभयो । उक्त दुर्घटनामा मृत्यु भएका १२ मध्ये पाँच जनाको सनाखत भएको छ । सनाखत हुनेहरूमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी सङ्गीता पुरकोटी, इन्द्रवती–९ का हीरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका–१० का रितेश आचार्य छन् ।

सम्बन्धित समाचार

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय निर्माण

विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय निर्माण

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

बारा र पर्साका सबै पेट्रोल पम्प बन्द गर्ने बिक्रेताको चेतावनी

पेट्रोलियम पदार्थको भाउ घट्यो !

युएईबाट युरिया मल भित्रन शुरु, एक हप्ताभित्र वितरण सहज हुने !

सरकारले बढायो रासायनिक मलको मूल्य

ताजा समाचार

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सांसद पद खारेज

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध