Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

जानकी मन्दिरको मार्वल मापदण्ड अनुकुल : प्राविधिक

टुडे खोज लेखक टुडे खोज
अशोज २५, २०७६, २:३५ AM
0
janaki temple-mandir

जनकपुरधाम, २५ असोज। जानकी मन्दिरको सौन्दर्यीकरणका लागि बाहिरी परिसरमा लगाइएको मार्वल निर्धारित मापदण्ड भन्दा उत्कृष्ट रहेको बताइएको छ ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव समेतको उपस्थितिमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री स्वच्छता अभियानका सिनियर डिभिजनल इञ्जिनियर भगवान झाले प्रयोगशालाबाट परिक्षण भै मात्र जडान गरिएको मार्वलको गुणस्तरमा प्रश्न उठाउन नसकिने बताए ।

‘ठेक्कामा उल्लेखित मापदण्ड विपरित कुनै निर्माण सामग्री प्रयोग भएको छैन्’झाले भने, पुरातत्व विभागले निर्धारण गरेकै मापदण्ड अनुसारको सेतो र नरम मार्वल लगाइएको छ ।

प्रदेश सरकारले पहिलो नम्बरकै काम जानकी मन्दिर सौन्दर्यीकरणबाट प्रारम्भ गरेकाले सकारात्मक रुपमा लिन उनले आग्रह गरे ।‘जानकी मन्दिरको सौन्दर्यीकरणका लागि दोस्रो चरणको कार्यपनि चाँडै थालिनेछ’उनले भने, जानकी मन्दिरलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर काम थालेको छ ।

राजस्थान सरकारद्वारा मान्यता प्राप्त राहुल इञ्जिनियर्स ल्योबेरेट्रीद्वारा परिक्षण गरिएको मार्वलको गुणस्तर निर्धारित मापदण्ड भन्दा बढी गुणस्तरीय देखिएको दावीगर्दै झाले भने, आशंका गर्नेहरुले जडान भएका मार्वलको परीक्षण गराउन सक्नेछन् ।

प्रदेश सरकारको सकारात्मक कार्यलाई सकारात्मक रुपमा नै सहयोग गर्न आग्रहगर्दै उनले भने, मुख्यमन्त्री स्वच्छता अभियानबाट प्रदेशमा महत्वपूर्ण कार्यहरु भइरहेका छन् ।

‘समाजमा भ्रम छर्नेहरुले राम्रा कार्यहरुलाई गलत प्रचार गरेर विरोध गर्छन्’झाले भने,प्रदेशमा भइरहेका सकारात्मक कार्यहरुको मुल्यांकन नहुँदा दुख लाग्छ ।अनावश्यक रुपमा आलोचना गर्ने प्रवृतीबाट विकास नहुने उनले जनाए ।

‘पुरातत्व विभागले केहि काम गरिरहेकोछ’ झाले भने, स्वच्छता अभियानको कार्य बाहिरी परिसरमा मात्र भइरहेकोछ ।जानकी मन्दिरको प्रतिबिम्ब समेत झल्किने मार्वलको गरिएको डिजाइनलाई पुरातत्व विभागले रोक लगाएपछि उसले निर्धारण गरेको अनुरुप नै कार्य भइरहेको छ ।

जानकी मन्दिरलाई विश्वसम्पदा सुचीमा राख्न सौन्दर्यीकरणले समस्या हुने चर्चा चलिरहेको बेला मुख्यमन्त्री स्वच्छता अभियानका सीडीई झाले चरणबद्ध रुपमा थप कार्यहरु अगाडी बढाइने जनाए ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिरको सौन्दर्यीकरणका लागि आवश्यक बजेटको कमि नहुने प्रतिबद्धता जनाउँदै आएका छन् ।-आजको जनकपुर टुडेमा यो खबर छापिएको छ /

सम्बन्धित समाचार

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

ताजा समाचार

धनुषामा शिक्षकबाटै ११ वर्षीया छात्रा बलात्कृत, प्रहरी घटना ढाकछोप गर्दै !

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध