उदयपुर, २५ असोज । उदयपुरमा आमा–छोरीको विभत्स तरिकाले हत्या भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–९ चौकीबारीमा आमा र छोरीको घाँटी रेटी हत्या भएको हो ।
३० वर्षीया शारदाकुमारी चौधरी ९गोमा० र उनकी ९ वर्षीया छोरी रचना चौधरीको धारिलो हतियारले हानेर हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार मृतक दुवैको घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो । हत्या कसले गरेको भन्ने अहिलेसम्म केही खुल्न सकेको छैन् ।
हत्यामा संलग्नलाई खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले बताएका छन् । एसपी मगरका अनुसार घटनाको अनुसन्धान गर्न धरानबाट तालिम प्राप्त कुकुर मगाइएको छ ।
मृतक सारदाका श्रीमान वैदेशिक रोजगारको क्रममा देश बाहिर रहेको मृतकका आफन्तहरूले जानकारी दिएका छन् ।