चिनियाँ राष्ट्रपति जिनपिङ चेन्नईबाट नेपालतर्फ प्रस्थान


काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतबाट नेपालतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति सी भारतको दुई दिने अनौपचारिक भ्रमणपछि शनिबार अपरान्ह नेपालतर्फ लाग्नुभएको हो ।

राष्ट्रपति जिनपिङ सवार विशेष जेट चेन्नईबाट नेपालतर्फ प्रस्थान गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । राष्ट्रपति सवार जेट दिउँसो साढे ४ देखि ५ बजेभित्र त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अवतरण हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

प्रकाशित : २०७६ आश्विन २५, शनिबार १०:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ