महोत्तरी, २६ असोज। सशस्त्र प्रहरीले महोत्तरीबाट रु ५१ हजार बराबरको पटाका बरामद गरेको छ ।
भरतबाट लुकाएर ल्याउँदै गरेको अवस्थामा मटिहानी नजिकैबाट पटाकाजन्य सामग्रीहरु नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार पटाका, फुलझरी, रकेट बमसहितका सामग्रीहरु नियन्त्रणमा लिइएको हो ।
अधिकारीले भारतबाट ल्याउँदै गरेको अवस्थामा पटाकाजन्य सामग्री नियन्त्रणमा लिइएको बताउँदै ती सामग्री नष्ट गर्ने तयारी भइरहेको जानकारी दिए ।