महोत्तरीमा चाँदीको गहनासहित फेरी एक जना पक्राउ


जनकपुरधाम, २७ असोज । महोत्तरीको जलेश्वर नगरपालिका–६ स्थित परिक्रमा रोडबाट सशस्त्र प्रहरीले आइतवार करीब डेढ किलो चाँदीका तयारी गरगहनासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–६ का ३१ वर्षीय सुरज साह रहेको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताए । अनटेस्ट मोटरसाइकलमा चढी भारतको बिहार राज्यको भिट्ठामोड शहरबाट भन्सार छली अवैधरुपमा ल्याएको एक किलो २४० ग्राम चाँदीका पायल, सिक्री र औँठीलगायतका तयारी गरगहनासहित साहलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

चाँदीका गहना र मोटरसाइकलसहित पक्राउ परेका साहलाई आवश्यक कानुनी कारवाहीका लागि भन्सार कार्यालय जलेश्वरमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताए ।

प्रकाशित : २०७६ आश्विन २७, सोमबार ०२:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ