ओम प्रकाश साह
जनकपुरधाम, २७ असोज। १३ अक्टोबर अर्थात विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसको अवसरमा पर्यावरण शत्रु single use palastick बहिस्कार गरौं कपडाको झोला प्रयोग गरौं भन्ने मुल नाराका साथमा सेभ हिस्टोरिकल जनकपुर एवं स्वच्छता अभियानी ,स्वच्छ जनकपुर धाम महाअभियानका अभियानीहरु द्वाराआज जनकपुर धाम उप महानगर पालिका वार्ड न १ मा घर घरमा पुगेर प्लास्टिक बहिष्कार गर्न कपडाका झोला तथा जनचेतनामूलक पम्पलेट वितरण कार्यक्रम गरेका छन् ।
वार्ड न १स्थिति आनंद होटलमा आयोजित अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि प्रदेश -2 का निति आयोगका उपाध्यक्ष प्रा.डा.भोगेन्द्र झा ले पर्यावरणका शत्रु नेपाल कुरुप बनाउने सिगल प्रयोगहुने प्लास्टिक सक्दो चाडो नियन्त्रण हुनुपर्नेमा जोड दिदै यसका लागी जिम्मेवार सरकारी निकायले समयमै कडा कानुन बनाइ नियन्त्रणमा सस्क्त रुपमा लगनुपर्ने बताएका छन ।
कार्यक्रमका बिशिष्ठ अतिथि स्वच्छताअभियानी प्रदेश सान्सद रामआशिष यादव,समाजसेवी अमर चन्द अनिल,बनप्रबिधिक सुरेश शर्मा,युनडिपीका प्रदेश संयोजक अर्जुन कुशवाहा,प्रहरी टोली सहित प्रहरी प्रमुख,स्वच्छता अभियानी रवि गोयनका,single use plastic मुक्त अभियानी कृष्ण चन्द साह,वार्ड न १का अध्यक्ष शत्रुघ्न साह,अभियानी 25 वार्ड स्वच्छता अभियानी बजरंग यादव लगायतका सहभागिता रहेका थिए ।