काठमाडौँ, २७ असोज। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाला सुनको मुल्य प्रतितोला १ सय ले घटेको छ ।
आज छापावाला सुन प्रतितोला ७० हजार मा कारोबार भैरहेको छ । यस अघि आइतबार प्रतितोला ७० हजार १ सयमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य भने आज स्थिर नै रहेको छ । महासंघले जनाए अनुसार तेजाबी सुन प्रतितोला ६९ हजार ८ सयमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदीको को मूल्य आज पनि स्थिर रही प्रतितोला ८ सय ४५ मा नै कारोवार भईरहेको महासङ्घले जनाएको छ ।