मनोज बनैता/ लहान, २८ असोज । लाहान नगरपालिका भित्रको जिर्ण सडकको कारणले स्थानीयवासी सास्ती भोग्न बाध्य छन । दुई साता अगाडिको वर्षाले हिलाम्मे पारेको लहान १ का सडकको पानी नसुक्दा स्थानीयले सास्ती भोग्नुपरेको हो ।
पुर्व पश्चिम राजमार्ग भन्दा करिब ५०० मिटर दक्षिण रहेको कृष्णाटोलको एउटा आफ्नै ब्यथा छ । नयाँबस्ती बसेको यस टोलमा हालसम्म कुनै बिकासका पुर्वाधारको छाट्काट देखिएको छैन । कैयौं पटक नगरपालिका लाई सडक बनाईदिन निवेदन दिएपनी नगरपालिका ले कुनै टेरपुछर नलगाएको स्थानीय बताउँछन् ।
नाम नखोल्ने शर्तमा कृष्णाटोलको एक नेकपाकै कार्यकर्ताका अनुसार नगरपालिका अधिकारीसंग कुरा गर्दा यहाँ बसाइँसराइ नगरेकाहरुको बसाइँ रहेको र उनीहरु नगरको भोटर नहुनुको कारणले दुःख भोग्नु परेको हो ।
दिनहुँजसो गाडीहरू यस टोलको हिलाम्मे सडकमा फस्ने र स्थानियको सहयोगमा निकालिने गरिन्छ । मोटरसाइकल चालकहरुको पनि आफ्नै पीडा छ यहाँ । यस टोलका अधिकान्स वासीहरु शिक्षक पेशामा आबद्ध छन ।
बिहान विधालयको लागि मोटरसाइकल लिएर हिडदा जुत्ता फुकालेर हिलो छल्नुपर्ने बाध्यता छ । लाहान नगरको समृद्धिको सपना देख्ने जनप्रतिनिधि यस्ता समस्याबाट पन्छिन खोज्नु स्थानीयको लागी चिन्ताको विषय बनेको छ ।