जनकपुरधाम, २८ असोज । जनकपुर विमानस्थलमा प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता भएको छ । मंगलबार बिहान १० बजे जिल्ला प्रहरी कार्यालय धनुषामा नेपाल नागरिक उड्डयन प्राधिकरण जनकपुरधामको कार्यालयले सांसद साहमाथि तोडफोड तथा बाधा अवरोध सृजना गरेको भन्दै मुद्दा दर्ता गरेको हो ।
प्रहरी उपरीक्षक शेखर खनालका अनुसार मुद्दा दर्ता भएसँगै सांसद साहलाई पक्राउ गर्नका लागि महानगरीय प्रहरी परिसर काठमाडांैमा पत्र काटिएको छ ।
साहले सोमबार जनकपुरबाट काठमाडौं उडान भर्ने क्रममा बिहान ११ः४० मा आउनुपर्ने बुद्ध एयरको प्लेनले डिले गरेको भन्दै सांसदले काउण्टर तोडफोड गरेका थिए ।