Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

मेयरले गरे सवारी साधनको व्यापक दुरुपयोग, गाउँलेद्वारा अख्तियारमा उजुरी

टुडे खोज लेखक टुडे खोज
अशोज २९, २०७६, २:०८ AM
0
मेयरले गरे सवारी साधनको व्यापक दुरुपयोग, गाउँलेद्वारा अख्तियारमा उजुरी

पर्सा, २९ असोज । बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्रसाह तेलीले नगरपालिकाको सवारी साधनको व्यापक दुरुपयोग गरेको पाइएको छ ।मेयर तेलीले वीरगंज–११ तेजारत टोलस्थित छाला उद्योग भाडामा लिई पार्टी प्यालेस निर्माण गरिरहेका र सो काममा विगत एक महीनादेखि नगरपालिकाको लोडर प्रयोग गरेको नगरवासीले गुनासो गरेका छन् ।

त्यसैगरी उपमेयर गायत्री यादवसमेतले नगरपालिकाको स्वामित्वमा रहेको सवारी साधन बिदाको दिन पनि निजी काममा प्रयोग गर्ने गरेको गाउँलेको आरोप छ । मेयर नितेन्द्रले नगरपालिकाको स्कार्पियो गाडी र उपमेयर यादवले पिकअप भ्यान सार्वजनिक बिदाको दिन पनि दुरुपयोग गरेको गाउँलेहरूको आरोप लगाएका छन् । नगरपालिकाका मेयर जनमुखी कम र जग्गाको कारोबारी बढी भएकाले उनको ध्यान वीरगंजको पार्टी प्यालेसमा केन्द्रित रहेको गाउँले बताउँछन् ।

नगरपालिकाका बोर्ड बैठकपनि मेयर तेलीको अगुवाईमा बहुदरमाई नगरपालिकाको कार्यालयमा नबसी वीरगंजकै छाला फैक्ट्रीको एउटा कोठामा बस्न थालेको र नगरपालिकाको आर्थिक तथा प्रशासनिक काम पनि वीरगंजबाटै सञ्चालन हुने गरेको गाउँका अगुवाहरूको भनाइ छ । नगरपालिकाले गत आर्थिक वर्षमा मात्र ३५ लाखभन्दा बढी इन्धनको बिलको भुक्तानी दिएको गाउँलेको भनाइ छ । यसरी जनताको करबाट सरकारले पठाएको बजेट हिनामिना गरेको मेयर नितेन्द्रसाह तेलीलाई कारबाई गर्नुपर्ने भन्दै अख्तियारसहित अन्य सम्बन्धित निकायमा गाउँलेहरूले उजुरी दिएका छन ।

यस विषयमा नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद चापागाईंले हाल पर्सागढी नगरपालिका मात्र हेर्ने गरेकोले बहुदरमाई नगरपालिकाबारे बोल्न नमिल्ने बताए । तपाईंले गत आवमा बहुदरमाई र पर्सागढी हेर्नुभएको थियो, तर गाडी भाडा र लाखौ इन्धन रकम दुवै ठाउँबाट असुल गर्नु भएको छ भन्ने प्रश्नमा बहुदरमाई नगरपालिकाबाट मात्र गाडी भाडा र इन्धन लिएको पर्सागढीबाट सुविधा नलिएको बताए । यसैबीच बहुदरमाई नगरपालिकाका हालका प्रमुख प्रशासकीय अधिकृत प्रकाश महर्जनसँग बुझ्दा–“दशै मनाउन काठमाडौं आएकोले लोडर–एक्साभेटर कुन प्रक्रियाले मेयर साहेबले वीरगंज लगी काममा खटाउनुभएको छ जानकारी छैन”–भनी बताए । उनले फर्केर आएपछि बुझेर बताउने भने ।

मेयर उपमेयरद्वारा बिदाको दिन सरकारी गाडी दुरुपयोग भयो भन्ने सवालमा उनले मेयर–उपमेयरलाई आपूmले रोक्न नमिल्ने बताए । यस विषयमा मेयर नितेन्द्र साह तेलीसँग सोध्दा उनले कार्यपालिका बैठकबाट घण्टाको २२ सयका दरले एक्साभेटर वीरगंज आएर काममा लगाएको बताए । बिदाको दिन गाउँमा पञ्चायतीमा जाँदा कहिलेकँहीं मात्र अफिसको गाडी लिएर जाने गरेको दाबी गरे । उनले ३ नं पुलमा अफिसको गाडी लिएर नगएको, जनताको काममा गएको जवाफ दिए ।

सम्बन्धित समाचार

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

दाइजो कसुरमा जेल चलान भएका डा. पंकजलाइ छाड्न उच्च अदालत जनकपुरको आदेश

दाइजो कसुरमा जेल चलान भएका डा. पंकजलाइ छाड्न उच्च अदालत जनकपुरको आदेश

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

ताजा समाचार

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सांसद पद खारेज

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध