खाना फ्याक्ने काम बन्द गरौं : कृषि मन्त्री


काठमाडौं, २९ असोज। विश्वका कतिपय मुलुक अझै पनि पौष्टिक आहार र भोकमारीको चपेटामा छन् । तर नेपालमा त्यस्तो अवस्था नरहेको कृषिमन्त्री चक्रपाणी खनालले बताए ।

बुधवार १३ औं विश्व खाद्य दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै खनालले यस्तो बताएका हुन् । खाना नपाएर कोही नमर्ने बताउँदै खनालले भने, ‘बरु अव्यवस्थित र धेरै खाना खाएर मान्छे मर्न सक्छ’ । उनले शरीरलाई पुग्ने गरी खाना नजान्नेहरु धेरै भएको बताए । ‘दीर्घजीवन हुनुपर्छ’ उनले भने ‘त्यसका लागि जमिन पनि स्वच्छ हुनुपर्छ’ ।

‘नेपालमा जस्तै दक्षिण एशियामा भोकमारीभन्दा खानाको व्यवस्थापन समस्या बन्दैछ । नेपाल अहिले जुन ठाउँमा छ त्यसबाट अघि बढ्न सम्बन्धित मन्त्रालयले केन्द्रीकृत योजना बनाएर अघि बढ्नुपर्छ । नेपालबाट विगतदेखि विश्वमाझ झण्डा उठाइरहेका छौं’ उनले भने ‘त्यसलाई निरन्तरता दिदैं खाना फ्ँयाक्ने परिपाटी बन्द गरौ र त्यसको सन्देश विश्वलाई दिउ’ ।

प्रकाशित : २०७६ आश्विन २९, बुधबार ०८:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ