Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

चार्डपर्व नजिकिँदै गर्दा सडक फराकिलो पार्ने अभिनयले व्यापारीहरू चिन्तामा

टुडे खोज लेखक टुडे खोज
अशोज २९, २०७६, ११:४९ AM
0
चार्डपर्व नजिकिँदै गर्दा सडक फराकिलो पार्ने अभिनयले व्यापारीहरू चिन्तामा

वीरगन्ज, २९ असोज। महान् चार्ड छठपर्व नजिकिँदै जाँदा वीरगञ्ज बजारको मुख्य सडकका घरधनी तथा व्यापारीहरुको मुटुमा ढुकढुकी बढ्दै गएको छ । पथलैयास्थित व्यापारी मार्ग विस्तार गुरुयोजना कार्यालयले छठपछि त्रिभुवन राजपथको गण्डकदेखि वीरगञ्ज भन्सार विन्दुसम्म सडकको मध्यभागबाट दायाँबायाँ २५–२५ मिटर सडक फराकिलो पार्ने अन्तिम सूचना जारी गरेकाले यस्तो ढुकढुकी बढाएको हो ।

त्रिभुवन राजपथको गण्डकदेखि भन्सार विन्दुसम्म सडक फराकिलो गर्दा वीरगञ्जको मुख्य बजार घण्टाघर, माईस्थान, आदर्शनगर, विर्तादेखि भन्सारसम्म करीब एक हजारभन्दा बढी घरहरु भत्किने भएका छन् । सो सरकारी अभियानलाई निरत्नरता दिने वा रोक्नेबारे अहिले वीरगञ्ज बासीबीच बहसको विषय भएको छ । यसै विषयमा आज वीरगञ्ज युवा तथा व्यापारिक सडकपीडित संघर्ष समितिले पत्रकार समेलन गरी आफू विकास विरोधी नभएको तर बाइपासलगायत वैकल्पिक सडक हुँदाहँुदै वीरगञ्जको मुख्य सडकलाई फराकिलो पारी घरहरु भत्काएमा वीरगञ्ज खण्डहर हुने चिन्ता व्यक्त गरेका छन् ।

सो समितिले सडकसँग सम्बन्धित मुद्दा सर्वोच अदालतमा विचाराधिन अवस्थामा रहेको र वर्तमान संविधानले घर भत्काएमा क्षतिपूर्ति दिने व्यवस्था गरेकाले सडक अतिक्रमण नगरी लालपूर्जा लिएर बसोबास गरेकोको हकमा सरकारको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिएको छ ।

संघर्ष समितिका अध्यक्ष कुन्दन रौनियारको अध्यक्षतामा भएको सो पत्रकार सम्मेलनमा घरधनीहरु जवाहर गुप्ता, अरविन्द गुप्ता, भरत नेपाल, महेश चौरसियालगायतले यसप्रति सरकार सचेत नभए आन्दोलनमा जाने चेतावनी दिएका थिए । व्यापारिक मार्ग विस्तार परियोजनाले छठपर्वपछि प्रहरी प्रशासनको सहयोगमा गण्डकदेखि वीरगञ्जको मुख्य सडक हँुदै भन्सार विन्दुसम्म रहेको त्रिभुवन राजपथको सडक फराकिलो पार्ने काम शुरु हुने परियोजनाका इञ्जिनीयर अशोककुमार यादवले राससलाई बताउनुभयो । वीरगञ्जको मुख्य सडक फराकिलो नहँुदा ट्राफिक जाम हुने, दुर्घटना बढ्नेजस्ता समस्या देखिएकोले जति सक्दो चाडो सो सडक फराकिलो गर्नुपर्ने अर्कापक्षको माग थियो ।

सम्बन्धित समाचार

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

ताजा समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध