काठमाडौं, २९ असोज । नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको चियापान कार्यक्रमलाई राजपाले बहिष्कार गरेको छ। संविधान संशोधनको माग उठाउँदै आएको राजपाले नेकपाको चियापान बहिस्कार गरेको हो ।
दसैं तिहारलगायत चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न नेकपाले चियापाको आयोजना गरेको थियो । कार्यक्रममा निमन्त्रणा गरे पनि राजपाका कुनै नेता कार्यकर्ता उपस्थित थिएनन् । तर, कांग्रेसको चियापानमा राजपा महन्थ ठाकुर सहभागी थिए ।
कार्यक्रममा एक लाख मानिसलाई निम्तो दिइएको भएपनि १९ हजार मात्र सहभागी भएका छन् । अर्पण क्याटरिङले तयार गरेको खाजा दुई भागमा विभाजन गरिएको थियो ।
विशिष्ठ पाहुनाका लागि २ हजार प्लेट र अन्य २० हजार अर्डर गरिएको थियो । पार्टीले गरेको अर्डर अनुसार मानिसहरू चियापानमा सहभागी भएकाले सबैलाई पुगेको जनाइएको छ । – नेपाल लाइभ