Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

ज्यान मुद्दाका आरोपित फरार मेयरले प्रहरीकै अगाडि दिए आन्दोलनको धम्की

टुडे खोज लेखक टुडे खोज
अशोज २९, २०७६, ३:५६ PM
0
ज्यान मुद्दाका आरोपित फरार मेयरले प्रहरीकै अगाडि दिए आन्दोलनको धम्की

सन्तोष यादव / जनकपुरधाम, २९ असोज । धनुषाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलमाथि जिल्ला प्रहरी कार्यालयमा ज्यान सम्बन्धी कसुर मुद्दा दर्ता छ । तर बुधबार एक कार्यक्रममा प्रहरीकै अगाडि प्रशासनविरुद्ध सशक्त आन्दोलन गर्ने धम्की दिँदा पनि उनलाई पक्राउ गरिएन । प्रहरीले मेयर मण्डललाई देखेर पनि नदेखेझै गरेको थियो ।

विमानस्थल तोडफोड आरोपमा संघीय सांसद प्रमोद साहलाई पक्राउ गरेको विरुद्ध रणनीति बनाउन राजपाले छलफल कार्यक्रम राखेको थियो। उक्त छलफलमा बोल्दै मेयर मण्डलले साहको रिहाइको माग गरे । आफू स्वयंम फरार अभियुक्त रहेका उनले सांसद साहलाई बिना शर्त रिहा नगरे जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने चेतावनी दिए ।

मण्डलले प्रशासनलाई चुनौती दिन लागेपछि जनकपुरधामकी उपमेयर रिता मिश्रले त्यस्तो नबोल्न भनिन् । तर उनले पटकपटक प्रशासनले थेग्न नसक्ने खालको आन्दोलनको चेतावनी दिए। पछि उनले आफूमाथि मुद्दा दर्ता भएको विषयमा समेत बोल्न खोजे । फेरी उनलाई बाहिरको विषयमा नबोल्न प्रदेश सांसद प्रमेश्वर साहले सुझाए । त्यसपछि उनले आफ्नो मन्तव्य सकाए ।

छलफलस्थल उद्योग वाणिज्य संघ परिसरमा ठूलो संख्यामा नेपाल प्रहरी परिचालित थिए । तर उनीहरूले जानाजान पनि मेयर मण्डललाई समातेनन् । यतिसम्मकै छलफल सकेपछि मेयर मण्डल प्रहरीकै अगाडिबाट बाहिर निस्किए । उनी छलफलमा सहभागीका लागि पनि प्रहरीकै अगाडी भएरै कोठाभित्र छिरेका थिए ।

मेयर फरार सूचीमा

जिल्ला प्रहरी कार्यालयको रेकर्डमा मेयर मण्डल फरारको सूचीमा छन् । गत साउन २१ गते मेयर मण्डलको अगुवाईमा हंसपुर नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप भएको थियो। सो झडपमा घाइते ५५ वषीय तपेश्वर मण्डलको भदौ १८ गते साँझ मृत्यू भयो। सोही घटनामा पीडित परिवारले मेयर मण्डल, वडा नम्बर ३ का अध्यक्ष उदय सिंह, वडा सदस्य श्याम राउत र वडा नम्बर ४ का लालबाबु यादवविरुद्ध किटानी जाहेरी दिएको थियो ।

मेयर मण्डल र उपमेयर रेणु झा राजपाबाटै निर्वाचित भएका हुन् । तर नगरपालिकाको केन्द्र विषयमा मेयर–उपमेयर पक्षबीच नै झडप भएको थियो । उपमेयर झा केन्द्र नसार्ने पक्षमा उभिएकी छिन्। मेयर मण्डलमाथि मुद्दा दर्ता भएपछि उनका पक्षधरले उपमेयर झामाथि पनि सोही मुद्दा दर्ता गराए। अहिले मेयर मण्डल र उपमेयर झा दुवै कार्यालय जाने गरेका छैनन् ।

मुद्दा दर्ता भएपछि उपमेयर झा कुनै कार्यक्रममा समेत जाने गरेकी छैनन् । मेयर मण्डल भने आज पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएको देखियो । धनुषाका एसपी शेखर खनालले मेयर मण्डल कार्यक्रममा सहभागी भएको कुरा थाहा नपाएको बताए । उनले भने, ‘कार्यक्रममा सहभागी भएको विषयमा थाहा भएन । म यसबारे बुझ्छु ।’

  • थाहाखबरबाट साभार

सम्बन्धित समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

राष्ट्रिय मुस्लिम आयोगद्वारा मुस्लिम समुदायको थर सुचिकृत

सर्लाही घटनामा मुस्लिम आयोगको चासो

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध