धनुषाधाममा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु, २ महिला अस्पताल भर्ना


जनकपुरधाम, ३० असोज । धनुषाधाम नगरपालिका ५ मा माटो खनिरहेकै बेला ढिस्को खस्दा पुरिएर घाईते एक बालिकाको मृत्यू भएको छ ।

घर लिपपोतका लागि माटो खन्न गएका बेला खसेको ढिस्कोमा पुरिएर घाइते धनुषाधाम नगरपालिका २ का श्रीप्रसाद यादबकी १३ बर्षीया छोरी अंजली यादबको मृत्यू भएको हो । घाईते अंचलीको उद्धार गरी जनकपुर अंचल अस्पताल लगेपनि उपचारको क्रममा मृत्यू भएको भयो ।

ढिस्कोमा पुरिएकी सोही ठाउँका राजकिशोर यादवकी श्रीमति रिंकु यादव र गणेश महतोकी छोरी ममता महतोको अहिले जनकपुर अंचल अस्पतालमै उपचार जारी छ । ढिस्को आज विहान खसेको थियो ।

प्रकाशित : २०७६ आश्विन ३०, बिहीबार ०४:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ