बसमा १९ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहार, एक जना पक्राउ


काठमाडौं, ३० असोज । १९ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा तार्केश्वर नगरपालिका-६ पैंयुटार बस्ने नुवाकोट घर भएका ३८ वर्षीय मिन कुमार लामालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

तारकेश्वर नगरपालिका-८ शान्तिटोल स्थित सडकमा जितपुर फेदी जाँदै गरेको बा.४ ख ७४७० नम्बरको बसमा लामाले ती किशोरीलाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जितपुरफेदीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित : २०७६ आश्विन ३०, बिहीबार ०८:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ