तस्करी गर्न दिन घुस लिदालिदै प्रहरी इन्चार्ज चौधरी पक्राउ


महोत्तरी, ३० असोज । महोत्तरीमा घुससहित प्रहरी सहायक निरिक्षक (असइ) पक्राउ परेका छन् ।

कठुधार प्रहरी चौकीका इन्चार्ज बृजेश कुमार चौधरीलाई १३ हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।

भारतीय बजारबाट सामान सिमाक्षेत्रमा पास गराईदिने भन्दै एक व्यापारीसँग १३ हजार घुस लिदैगर्दा असई चौधरीलाई अख्तियार बर्दिबास कार्यालयको टोलीले पक्राउ गरेको छ। उनलाई थप अनुसन्धानका लागि बर्दिबास कार्यालय लगिएको छ ।

प्रकाशित : २०७६ आश्विन ३०, बिहीबार ११:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ