मुकेश यादव
लहान, असोज ३० गते। सुखीपुरमा संचालित निःशुल्क एसइइ परीक्षा तयारी कक्षा सम्पन भएको छ। नगर सुधार समिति सुखीपुर नगरपालिकाद्वारा संचालित १५ दिने निःशुल्क एसइइ तयारी कक्षाको सम्पन भएको छ ।
सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित श्री जनता माध्यमिक विद्यालय सुखीपुरमा संचालित तयारी कक्षामा नगरभरका १ सय ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । तयारी कक्षामा नगर भरका ख्याती प्राप्त शिक्षकहरुले अध्यापन गराउनु भएका थिए ।
तयारी कक्षाको समापन कार्यक्रमको प्रमुख अतिर्थी शत्रुधन प्रसाद चौधरीले यस प्रकारमा समाजका सुधार गर्ने नगर सुधार समितिलाई धन्यवाद दिदै व्यपार समितिको तर्फबाट सोही कार्यक्रममा तीन जनालाई सम्मान गर्नुभएको छ ।