Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

धनुषामा प्रहरीको छापा, नक्कली चुरोटको अवैध बिक्री–वितरण

टुडे खोज लेखक टुडे खोज
अशोज ३०, २०७६, ३:२० PM
0

जनकपुरधाम, ३० असोज । धनुषाको विभिन्न स्थानमा बिहीवार प्रहरीले छापामारी गरेको छ । धनुषामा नक्कली चुरोटको अवैध बिक्री–वितरण भईरहेको पाईएपछि प्रहरीले छापामारी गरी विभिन्न व्यतिmलाई पक्राउ गरेको छ ।

बिहीवार जनकपुरधामको माछा बजार स्थित दिपेश किराना पसलमा छापामारी गरी नक्कली चुरोटसहित दुई जनालाई पक्राउ गरेको छ । त्यस्तै जिल्लाको गोदारस्थित रुबी किराना पसलमा छापामारी गरि नक्कली चुरोट बरामद गरिएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७१र७२ देखि लागू हुने गरी सुर्तिजन्य पदार्थमा कडाइ गरे पनि कार्यान्वयन पक्ष फितलो भएका कारण सुर्तिजन्य पदार्थको अवैध कारोबार मौलाउँदै गएको छ ।

सुर्तिजन्य ऐन २०६८ ले सार्वजनिक स्थलमा चुरोट, बिडी, गुट्खा र कंकड सेवनमा रोक लगाएको छ । त्यसैगरी सुर्तिजन्य पदार्थको प्याकेटमा ७५ प्रतिशत भाग खतरामूलक सन्देशको चित्र छापिएको हुनुपर्ने छ । तर, कानुनमा व्यवस्था भएअनुसार सम्बन्धित निकायबाट समयमा बजार अनुगमन नहुँदा अहिले बजारमा मापदण्ड विपरीत उत्पादन भएको सुर्ति तथा सुर्तिजन्य पदार्थहरु खुलेआम बिक्री–वितरण भएको भेटिएको छ ।

भारतसँग सीमा जोडिएका ग्रामीण क्षेत्रमा नेपाली उत्पादनको नक्कल गरी भारतमा उत्पादन भएका चुरोट तथा सुर्तिजन्य पदार्थहरु खुलेआम नेपाल प्रवेश गर्दा नेपालका ग्रामीण तथा बजार क्षेत्रमा त्यस्ता नक्कली उत्पादनले प्रश्रय पाउन थालेको छ । भारतीय बजारबाट भन्सार छली ल्याइएका यस्ता पदार्थ खुलेआम पाउन थालेपछि लाखौंको राजस्व सरकारले गुमाइरहेको छ । नाम चलेका नेपाली उत्पादक कम्पनीहरु अहिले नक्कली चुरोटको घटनाले स्वदेशी उद्योग नै धरासायी हुने खतरा बढेर गएको छ ।

सम्बन्धित समाचार

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

मिटरब्याज पीडितमाथि शारीरिक शोषण !

मिटरब्याज पीडितमाथि शारीरिक शोषण !

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

ताजा समाचार

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

10 best Nepali movies streaming on YouTube now: A curated list

10 best Nepali movies streaming on YouTube now: A curated list

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध