गुल्मी, ३० असोज।आफ्नै १३ बर्षीया छोरीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा बाबु पक्राउ परेका छन् ।
जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ४ दोहोलीका ४१ बर्षीय बाबु पक्राउ परेका हुन् ।
उनले असोज २९ गते साँझ मालिका गाउँपालिका ६ अर्जैमा छोरीलाई जबरजस्ती करणी गर्न खोजेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिहं खड्काले जानकारी दिए ।
पीडितकी आमाले प्रहरीमा जायरी दिएकी छन् ।