महिला प्रहरी नै बलात्कृत भएको खुलासा, आरोपमा प्रहरी नायब निरीक्षक नै पक्राउ


बाँके, ३० असोज । बाँकेमा कार्यरत एक जना प्रहरी नायब निरीक्षक सहकर्मी महिलामाथि बलात्कार गरेको आरोपमा छन् ।

नेपालगञ्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी नायब निरीक्षक बोमबहादुर रानामाथि एक जना महिला प्रहरी प्रशिक्षार्थीलाई बलात्कार गरेको आरोप लागेपछि उनी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी शिवबहादुर सिंहले पीडित प्रशिक्षार्थीको जाहेरीको आधारमा प्रहरी नायब निरीक्षक रानालाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

असोज २६ गते आफूमाथि बलात्कार भएको व्यहोरासहितको जाहेरी दिएपछि सोही दिन नै प्रहरी नायब निरीक्षक रानालाई पक्राउ गरेर हिरासतमा राखिएको डिएसपी सिंहले बताएका छन् । असोज २७ गते जिल्ला प्रशासनबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका प्रहरी नायब निरीक्षक राना र पीडित युवती नाताले साली भेना हुन् । उनले होटलमा खाजा खान भनि लगेर जबरजस्ती बलात्कार गरेको आरोप लगाएकी छन् ।

प्रकाशित : २०७६ आश्विन ३०, बिहीबार १५:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ