मुकेश यादब/ सिरहा, १ कार्तिक । साना किसान सहकारी संस्था बिष्णुपुरको अध्यक्षमा सरोज यादव निर्वाचित भएका छन् । यादब सिरहा जिल्ला समन्वय समितिका उपसभापति पनि हुन् ।
प्रतिद्धन्दी भोगेन्द्र प्रसाद यादवलाई ६ मतले पछाडी पार्दै अध्यक्षमा सरोज यादब निर्वाचित भएका छन् । अध्यक्ष यादवले कूल ६६५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी भोगेन्द्रले भने ६५९ मल पाएका हुन् । अध्यक्षमा निर्वाचित भएपछि यादबलाई भव्य स्वागत गरिएको छ ।
त्यसतै लेखा समिति संयोजकमा पशुपति यादव निर्वाचित भएका छन् । उनले ६८४ मत ल्याउन सफल भए भने उनका निकटम प्रतिद्धन्दी बिरेन्द्र प्रसाद यादवले ६२७ मत पाए । यस्तै सदस्यमा संजय कुमार मण्डल ६५८ मत र बिश्वमर महतोले ६३९ मत ल्याएर निर्वाचित भएका छन् ।
संस्थाको उपाध्यक्षमा सरिता कुमारी कापर सर्वसम्मती चयन भइसकेकी छिन् । अध्यक्ष, लेखा समिति र सदस्यमा कुरा नमिलेपछि निर्वाचनद्धारा पदाधिकारी चयन भएको बताइएको छ ।