बर्दिबासमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु


बदिबास, १ कार्तिक । महोत्तरी जिल्लाको बर्दिबास भन्दा पश्चिम बाँके जंगलमा विहिवार राती करिब ८ बजे भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएकोछ । सडकमा रहेको राँगालाइ ज. ४ प २३९० नम्बरको मोटरसाईकलले ठक्कर दिदा मोटरसाईकलमा सवार दुवै जनाको मृत्यु भएको प्रहरीले जनाए ।

दुर्घटनामा मृत्यु हुनेमा बर्दिवास नगरपालिका–४ का ३० वर्षीय दिलीप महतो र १९ वर्षीय कुलदीप महतो रहेका छन् । गएराति गस्तीमा गएको प्रहरी टोलीले दिलीप र कुलदीपलाई राजमार्गमा मृत भेट्टाएको थियो ।

प्रहरीले दुवै शव परीक्षणका लागि बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा ल्याएको थियो । मृतकको पहिचान आज खुलेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिनुभयो ।

उनीहरुले प्रयोग गरेको ज४प २३९० नंको मोटरसाइकल घटनास्थलमा फेला परेको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 18 October 2019 2:04 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ