‘सुइ लगाई बेहोस बनाएर इँटाभट्टामा जिउँदै जलाइयो’


६४ चैत  संविधानसभा निर्वाचनको माहोल तात्तिएको थियो । जनताले मत दिएर संविधान लेख्ने ऐतिहासिक अवसरमा सहभागी हुन उत्सुक २२ वर्षीय त्रिलोकप्रताप सिंह (पिन्टु) पनि भारतबाट गाउँ फर्किए । बिहारको सीतामढीस्थित राधाकृष्ण गोयन्का कलेजमा स्नातक तह अध्ययन गर्ने पिन्टु रौतहटको यमुनामाई, सरुहट्ठास्थित घर फर्किनासाथ चुनावी माहोलमा हेलिए ।

भाषणकलामा तेज पिन्टुलाई मोहम्मद अफ्ताव आलमका भाइ महताव आलमले साथमा लिइहाले । अफ्तावको चुनावी प्रचारका लागि १८ चैतमा उनी घरबाट निस्किए । आलमको चुनाव सफल भयो, उनी सांसद र मन्त्री पनि भए । तर, होनाहार युवा पिन्टु कहिल्यै घर नफर्किने गरी अस्ताए ।

‘बम बिस्फोटपछि उछिट्टिएको छर्रा मेरो छोरोको तिघ्रामा लागेको थियो । आत्तिएर भाग्दाभाग्दै उसलाई आलमका मान्छेले लखेटीलखेटी समाते । उपचार गर्न भन्दै उसलाई सुई लगाएर बेहोस बनाए । बोरामा कोचे । इँटाभट्टामा लगेर जिउँदै खरानी पारे,’ त्रिलोकप्रताप सिंहका ७९ बाबु भन्छन् ‘इँटाभट्टामा हात अड्किएपछि बन्चरोले गिँडेर भित्र हालेछन् । सामान्य उपचार पाएको भए मेरो छोरा बाँच्थ्यो । जिउँदै जलाए पापीहरुले ।’ यसै घटनामा मुछिएका सांसद अफताब आलम अहिले पक्राउ परेका छन् । नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

प्रकाशित : २०७६ कार्तिक १, शुक्रबार ०३:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ