विश्व प्रसिद्ध गढीमाई मेला सञ्चालनमा विवाद


कलैया ,१ कार्तिक । विश्वको सर्वाधिक बलि चढाइने बाराको गढीमाई मेला कसले सञ्चालन गर्ने भन्ने अन्यौल हुँदा विवाद उत्पन्न भएको छ । प्रत्येक पाँच पाँच वर्षमा लाग्ने गढीमाईको मेलाका विषयमा स्थानीय तह र गढीमाई मन्दिर सञ्चालन तथा विकास समिति बीच कसले सञ्चालन गर्ने भन्दै विवाद देखिएको हो ।

स्थानीय सरकार नहुँदा बनेको विकास समितिले स्थानीय तह बनेपछि पनि आफ्नैं ढंङ्गले मेला तथा जात्रा सञ्चालन गर्न लागेपछि स्थानीय तहले हस्तक्षेप गरी मेला जात्रा सञ्चालन गर्न लागेको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बिपरीत गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले गढिमाई मेला लगाउने निर्णय गरेपछि आफूहरु विरोधमा उत्रनु परेको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले जानकारी दिए ।

नगरपालिकाले ऐन बमोजिम जात्राको व्यवस्थापन गर्ने जानकारी दिएको छ । पछिल्ला समय स्थानीय तह नहुँदा मेला व्यवस्थित गर्न गठित गैर सरकारी संस्थाले स्थानीय सरकारको निर्णय नमानी एकतर्फी रुपमा अघि बढेको भन्दै नगरपालिकाले नै सञ्चालन गर्ने नगर प्रमुख यादवले बताए ।

एउटा गैर सरकारी संस्थाको कार्यक्रममा उपस्थित भएर प्रदेश नम्बर २ का मुख्यमन्त्रि लालवावु गद्दिले मेला सञ्चालन गर्न निर्देशन दिएको भन्दै स्थानीय तहको काम कर्तव्य र अधिकार बारे बुझ्न समेत यादवले सुझाव दिनुभएको छ ।

स्थानीय तह सञ्चालन ऐन विपरित मुख्य मन्त्री नगरपालिकासँग कुनै समन्वय नै नगरी एकलौटी ढंङ्गबाट अघि बढेको भन्दै नगरपालिका विरोधमा उत्रेको हो । नगरपालिकाले ऐन बमोजिम महागढीमाई राजपत्र प्रकाशन गरी नगर भित्र सञ्चालन हुने जात्रा, मेला, महोत्सव लगायतलाई नगरले लगाउने र सो को व्यवस्थापन समेत नगरले गर्ने उल्लेख गरेको छ ।

मंसिर एक देखि लाग्ने मेला भए पनि बलि भने मंसिर १७, १८ र १९ गते चढाइने मन्दिरका पुजारी मंगल चौधरीले जानकारी दिए । यता कुन समितिले कसरी मेला सञ्चालन गर्ने हो भन्ने विषयमा दुई पक्ष बिच सहमति नहुँदा समस्या देखिएको छ ।

प्रकाशित : २०७६ कार्तिक १, शुक्रबार ०६:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ