Breaking- साँसद प्रमोद साह रिहा


धनुषा, १ कार्तिक । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको अभियोगमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोदकुमार साह साधरण तारेखमा रिहा भएका छन् ।

सर्लाहीबाट निर्वाचित प्रतिनिधिसभाका सांसद साहलाई शुक्रबार जिल्ला अदालत धनुषाले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । अदालतको आदेशमा रिहा भएलगत्तै उनी जानकी मन्दिरमा पूजा गर्न पुगेका छन् ।

जहाज ढिलो भएको भन्दै बुद्ध एयरको काउन्टर तोडफोडको आरोपमा साहविरुद्ध परेको मुद्दामाथि शुक्रबार न्यायाधीश तेजनारायण पौडेलले थुनछेकको बहस गर्दै रिहाइको आदेश दिएका हुन् ।

काठमाडौं जान गत सोमबार जनकपुर विमानस्थल पुगेका सांसद साहले जहाज ढिलो भएको झोंकमा बुद्ध एयरको काउन्टरमा लात्ती हानेका थिए । उनलाई प्रहरीले मंगलबार त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ गरेर जनकपुर ल्याएर मुद्दा चलाएको थियो ।

सांसद साह रिहा भएपछि राजपाले धनुषा, सर्लाहीसहितका जिल्लामा आह्वान गरेको बन्दसहितका कार्यक्रम फिर्ता लिने निर्णय गरेको छ।

प्रकाशित : २०७६ कार्तिक १, शुक्रबार ०८:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ