महोत्तरी : पोखरीमा डुबेर १२ वर्षीया बालिकाको मृत्यु


जलेश्वर, १ कार्तिक । महोत्तरी महोत्तरीको महोत्तरी गाउँपालिका– ६ हरिगौरीगामा पोखरीमा डुबेर आज एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १२ वर्षीया चाँदनीकुमारी बरही ठाकुर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

बालिका ठाकुर साथीसँग घर नजिकैको पोखरीमा नुहाउन गएका बेला पानीभित्र पुगेपछि डुबेर मृत्यु भएको हो । मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

प्रकाशित : २०७६ कार्तिक १, शुक्रबार ०९:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ